जन सरोकार

महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गर्ने जर्नेल बर्खास्त

महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि नेपाली सेनाका एक जना सहायक रथी बर्खास्तीमा परेका छन् । यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले एक साताअघि बर्खास्त गरेको हो ।

जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्को महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको अनुसन्धानमा पत्ता लागेको हो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेला अनुसार महिला सैनिक अधिकृतसँग यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् । कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो ।

उक्त कोर्ट अफ इन्क्वायरीले उक्त कान्डमा कार्कीको गल्ती पारेपछि सेवाबाट बर्खास्त गरेको हो । कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिकहरु पनि बर्खास्तीमा परेकी छन् । कोर्ट अफ इन्क्वायरीले अनुसन्धान कार्कीसँगै ती महिला सैनिकहरुको पनि आचरणमा गलत मनशाय देखिएको समाचार स्रोतले बताएको छ ।

जर्नेल पंकज कार्कीले आफ्नो यौन दुर्व्यवहारको विषय सहायक बाहिनीपति रामचन्द्र कार्कीले बाहिर ल्याएको भन्दै अन्तरिक छानबिन सुरु गराएका थिए । दुईबीच विवाद भएपछि उक्त घटना मध्य–पूर्वी पृतनामा पुगेको थियो । दुर्व्यवहारको घटना र दुई जनाको द्वन्द्वको विषय पृतनाले केन्द्रमा जानकारी गराएपछि सैनिक मुख्यालयले त्यस घटनाको विषयमा छानबिन गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.