विश्व समाचार

आम आदमीको झाडुले बढार्यो पञ्जाब

सन् २०१३ मा आम आदमी पार्टी स्थापना हुँदा यसलाई अन्ना हजारेको स्वराज आन्दोलन तथा भ्रष्टाचार विरोधी जनलोकपाल बिलको आन्दोलनको पृष्ठपोषण थियो ।

ठूला ठूला कुरा भन्दा जनतालाई छुने साना साना कामबाट राजनीति सुरु गरेको आपले आधारभूत तहका जनतालाई शक्तिशाली बनाउन जनजीविकाका मुद्दालाई अगाडि सार्‍यो ।

अभियानमा उठेका कुराहरुलाई राजनीतिक एजेण्डा बनाएर आम आदमी दिल्ली बिधानसभाको निर्वाचनमा होमियो र अकल्पनीय विजय हातपार्यो ।

दिल्ली शिक्षा मोडेल, मोहल्ला क्लिनिक सहितको निशुल्क स्वास्थ्य मोडेल, हाउस होल्डलाई निःशुल्क बिजुली, प्रभावकारी सार्वजनिक सवारी, महिलालाई सामाजिक सुरक्षा भत्ता, भ्रष्टाचारको अन्त्य तथा रोजगारीको सिर्जना लगायतका कामले भारतमा विकासको नयाँ भाष्य स्थापित भइरहेको छ ।

यही परिचयले अन्य प्रान्तका जनतालाई छोयो पञ्जाबका जनताले परम्परागत राजनीतिको पर्याय बनेकाहरुलाई बढारिदियो । पञ्जाब विधानसभा निर्वाचनमा आम आदमी पार्टीले एक्लै चौथाई मत प्राप्त गरेको छ । अत्याधिक मत पाएसँगै पञ्जाब प्रदेशको सरकार आम आदमीले नै बनाउने भएको छ ।

न्यून आय भएका र मध्यम वर्गीय व्यक्तिहरूले आम आदमीलाई मन पराएको पाइएको र आम आदमीले चमत्कार गरेको टिप्पणी भएको छ । कुल ११७ प्रदेश सभा सदस्य मध्ये ९२ मा आम आदमीले जित हासिल गरेको छ ।

अत्याधिक मत ल्याएकोले आम आदमी पार्टीले भगवन्त मानलाई मुख्य मन्त्री बनाउने भएको छ । उहाँलाई पार्टीले निर्वाचन अगाडि नै मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सारेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.