राजनीति
लडाकु बनाउन १४ वर्षीया बालिका अपहरण गर्ने विप्लव समूहका १४ कार्यकर्ता हतियारसहित पक्राउ

लडाकु बनाउने उद्देश्यले एक १४ वर्षीया बालिकाको अपहरण गर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १४ जना कार्यकर्तालाई प्रहरीले हतियार तथा दस्तावेजसहित पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरेसंगै प्रहरीले बालिकाको पनि उद्धार गरेको छ ।
समाचार अनुसार धनुषा जिल्लाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा प्रहरीले उदयपुरबाट विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको हो । बुधबार साँझ ५ बजे अपहरणमा परेकी मोक्तानको बिहीबार ३ बजेतिर उद्दार भएको हो ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले विप्लव समूहले ती बालिकालाई लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै उनीहरुको साथबाट ३ वटा पेस्तोल र ११ वटा सकेट बम र प्रेसरकुकर बम पनि बरामद गरेको बताउनुभएको छ ।