राजनीति

एमालेका अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज, बादललाई वाग्मती प्रदेशको जिम्मा

नेकपा एमालेमा नवौं महाधिवेशनबाट निर्वाचित, मनोनित तथा मानार्थ पदाधिकारीहरुमध्ये अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज गरिएको छ । एमालेमा अब प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष र महसाचिव उपप्रधानमन्त्री ईश्वर पोखरेलमात्र रहनुभएको छ ।

त्यस्तै माओवादी केन्द्र नफर्कनुभएका गृहमन्त्री रामबहादुर थापा बादललाई वाग्मती प्रदेश इञ्चार्ज तोकिएको छ । यसै गरी प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई प्रदेश इञ्चार्ज तोकिएको छ ।

एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराउनुभएको छ । एमालेमा अब माधव नेपाल र झलनाथ खनालको हैसियत वरिष्ठ नेताका रहने छैन ।

२०७१ असार भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित हुनुभएका थियो भने उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिनुभएको थियो ।

३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव र बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि माधवकुमार नेपाल, झलनाथ खनाल, भीमम रावल लगायतका नेताहरु प्रचण्ड समूहतिर लागेका थिए । त्यस्तै पूर्व माओवादीका बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका मन्त्रीहरु ओली समूहमा सामेल थिए ।

त्यस्तै एमालेले सर्वोच्च अदालतले माओवादी र एमालेलाई ब्यूँताइदिए पनि माओवादीँ केन्द्र नफर्कनुभएका बादल ल गायतका नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.