जन सरोकार

बौद्धबाट साँढे दुई किलो युरेनियमसहित चारजना र भक्तपुरबाट ४२ लाखसहित दुईजना पक्राउ

काठमाडौँ महानगरपालिका टुसाल–६ बौद्धबाट दुई किलो ५०० ग्राम युरेनियमसहित चारजना पक्राउ परेका छन् । बिहीबार पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

निषेधित पदार्थ यूरेनियमसहित रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी महानगरीय प्रहरी परिसरको हिरासतमा पठाइएको छ ।

अभियुक्तहरूउपर थप अनुसन्धान एवं कारबाही उक्त परिसरले गर्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको जानकारी दिइएको छ ।

यसै गरी भक्तपुरबाट ४२ लाख ३९ हजार श्रोत नखुलेको अवैध रकमसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौँको माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङलाई नगदसहित शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.