राजनीति

तीन बुँदे सहमति कार्यान्वयनमा गृहमन्त्रीसँग विश्वकर्माको भेट

गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।गृह मन्त्रालयमा भएको भेटमा नेपाल सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनबारे छलफल भएको थियो ।

छलफलमा नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आरोपमा थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई सहमतिबमोजिम रिहाइ गर्न आग्रह गर्नुभयो । गृहमन्त्री खाँणले प्रक्रिया पुर्याएर राजनीतिक गतिविधिमा पक्राउ गरेकालाई रिहाइ गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.