राजनीति

कमल थापा बाहिरिएर पार्टीलाई क्षति पुगेको छैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेर कुनै क्षति नभएको बताउनुभएको छ ।

राप्रपा सुर्खेतले वीरेन्द्र नगरमा आयोजना गरेको आमसभालाई सम्बोन्धन गर्न वीरेन्द्रनगर पुग्नभका उहाँले थापाले पार्टी छाडेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको पनि बताउनुभयो ।

सुर्खेत विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै लिङ्देन भन्नुभयो “उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरण मिलेको छ । यस्ले पार्टीलाई क्षति पुर्‍याएको छैन् ।”

अध्यक्ष लिङ्देनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यामका रुपमा लिएको पनि बताउनुभयो ।

उहाँले स्थानीय तहमा राप्रपाले जितेका ठाउँमा छुट्टै मोडालिटी तयार गरिने जानकारी दिंदै अहिले भ्रष्टाचार स्थानीय तहसम्म पुगेकोे र भ्रष्टाचाररहित स्थानीय तहको रुपमा विकास गराउँन राप्रपा चुनाव लक्षित भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.