जापान

प्रमुख कम्पनीहरुको कारोबार छ वर्षयताकै न्यून, टोकियो शेयरबजार पनि खस्कियो

कोरोना भाइरसको प्रकोपका कारण भैरहेको विश्व अर्थव्यवथामा परेको प्रभावले जापानका प्रमुख कम्पनीहरुको कारोबारमा व्यापक गिरावट आएको छ । जापान सरकारको एक सर्वेक्षण अनुसार प्रमुख कम्पनीहरुका व्यापारिक गतिविधि लगभग ६ वर्षयताकै सबैभन्दा तल झरेको छ ।

यह िजनवरीदेखि मार्चको अहिलेको अवधिसम्म आर्थिक गतिविधि सूचकांक ऋणात्मक १०.१ रहेको छ, जुन सन् २०१४ को दोस्रो त्रैमासिकपछिको सबभन्दा बढी हो । २०१४ मा उपभोक्ताकर बढाइएको थियो । अहिले सन् २०२० को दोस्रो त्रैमासिकमा कारोबार सूचकांक ऋणात्मक रहेको छ ।

कारोबारको ऋणात्मक तथ्यांकले कम्पनीहरुको कारोबार वितेको तीन महिनाको तुलनामा मन्दी आएको छ । जापानमा कोरोना भाइरसको प्रकोपका कारण होटल, रेष्टुरेन्ट तथा अन्य उद्योगहरुमा नकारात्मक प्रभाव परेको छ ।

यसै गरी टोकियो शेयरबजार तीन वर्षयता सबैभन्दा न्यून बिन्दुमा पुगेको छ । बिहिबार टोकियो शेयर बजार बन्द हुने समयसम्म वितेको तीन वर्षयताको सबैभन्दा तल झरेको हो ।

कोरोनाका कारण छोराछोरीको हेरचाहमा विदा लिनेलाई आर्थिक सहायता

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.