राजनीति
माधव नेपालको ठहर : बाइडबडी खुलेआम भ्रष्टाचार

एक वर्षयता लगभग विस्मृतिमा परेको नेपाल वायुसेवा निगमले खरीद गरेको एयरबस वाइडबडी जहाज भ्रष्टाचार प्रकरणमा सत्तारुढ नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले पुनः मुख खोल्नुभएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार आयोजना गरेको छलफलमा बोल्दै नेता नेपालले वाइडबडी खरिदमा देखादेखी भ्रष्टाचार भएको दाबी गर्दै भ्रष्टाचारमा जो संलग्न भए पनि कारबाही गर्नुपर्ने बताउनुभएको हो ।
राष्ट्रियध्वजावाह नेपाल वायु सेवा निगमको दुई वाइडबडी खरिद प्रक्रियामा प्रश्न उठ्दै आइरहेको छ । यसबारे छानबिन गर्न सरकारले समिति गठन गरे पनि त्यसका संयोजक र सदस्यले अहिलेसम्म यसको औपचारिक जानकारीसम्म पाएका छैन ।