राजनीति

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय सदस्य र संघीय सांसदहरुको भेला

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको पछिल्लो समयको एकलौटी निर्णयका बिरुद्ध खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शनिबार बसेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको भेला बोलाएको हो ।

सो समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत बोलाएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई बोलाइएको छ ।

एमाले अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठकबारे केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र बहुमत सदस्यसमेत उपस्थित नभएकाले अवैध भएको भन्दै राष्ट्रिय भेला बोलाएको बताइएका छ ।

एमाले उपाध्यक्ष भीम रावलले केपी शर्मा ओलीले शुक्रबार बालुवाटारको बैठकबाट जुन निर्णय गरेको छ त्यो आपत्तिजनक र अवैध रहेको ठहर समेत बैठकले गरेको बताउनुभयो । रावलले सर्वोच्च अदालतको फैसलाविपरित माओवादी केन्द्रमा रहेका नेताहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरें भन्नु हास्यापद भएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.