राजनीति

एमसीसीको व्याख्यात्मक घोषणालाई अवमूल्यन गरे सरकार छाड्ने प्रचण्डको चेतावनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विवादास्पद बुँदाहरुलाई गरिएको व्याख्यात्मक घोषणा संशोधनकै रुप भएकाले कार्यान्वयनका सवालमा यसको अवमूल्य गरे सरकार छाड्ने चेतावनी दिनुभएको छ ।

एमसीसी पारित भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरु अरु पार्टीमा प्रवेश गर्ने लहर चलिरहेका बेला अध्यक्ष प्रचण्डले आइतबार बिराटनगरमा एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिएका छन् । त्यसो गरे सरकार छाडेर आन्दोलनमा जाने अवस्था आउनसक्ने बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं ।

पत्रकारहरु समक्ष अध्यक्ष प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीबारे पार्टीमा बहस कायमै रहेको रआगामी चुनावपछि बस्ने बैठकमा यसबारे छलफल हुने र आवश्यक परे फोरम चलाउन पनि दिने गरी अघि बढेको बताउनुभयो ।

त्यसै गरी एमसीसी अनुमोदन गरेका कारण पार्टीमा बस्दैनौं भन्नेहरु एमालेमा प्रवेश गरेको भन्दै उहाँले एमाले प्रवेश गरेर विचित्र काम गरेको बताउँदै भन्नुभयो पार्टी छाडेर बरु किरणजी, विप्लवकहाँ जानु, नभए नारायणमान विजुक्छे कहाँ जानू ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.