विश्व समाचार

अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा : ५० मिलियन डलरको कोष स्थापना

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गर्नुभएको छ । ह्वाइटहाउसमा पत्रकार सम्मेलनको आयोजना गरेर ट्रम्पले संकटकालको घोषणा गर्दै संक्रमणबिरुद्ध लड्न ५० बिलियन डलरको कोष परिचालन गर्ने घोषणा पनि गर्नुभएको छ ।

अमेरिकामा अहिलेसम्म २ हजार ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार मात्रै ३ सय ३३ जनामा नयाँ संक्रमण पुष्टि भएको थियो ।

उता विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९०बाट ज्यान गुमाउनको सङ्ख्या शुक्रबार पाँच हजार ११७ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला एक सय ३३ देशमा फैलिसकेको छ । हालसम्म एक लाख ३९ हजार ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

हालसम्म सबैभन्दा बढी चीनमा तीन हजार १७७ जनाको उक्त भाइरसको सङ्क्रमणबाट मृत्यु भएकोे एएफपीले विश्व स्वास्थ्य सङ्गठन तथा सङ्क्रमण फैलिएका मुलुकका अधिकारीले दिएको तथ्याङ्कमा छ । अहिलेसम्म इटालीमा एक हजार १६, इरानमा पाँच सय १४, दक्षिण कोरियामा ७१, स्पेनमा १२० र फ्रान्समा ६१ जनाले कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाका कारण अमेरिकामा पनि ४१ जनाको मृत्यु भएको छ भने एक हजार ८०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो समय कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको सङक्रमण दर घटेर एक अङ्कमा पुगेको छ अर्थात् विगत दुई तीन दिनदेखि सङ्क्रमितको सङ्ख्या १० भन्दा कम रहने गरेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.