राजनीति

ओलीको दाबी : बिधान बमोजिम पार्टी अगाडी बढ्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेरिसडाँडाबाट रुवावासी गर्दै विदावारी भएर हिंडेकाहरुलाई पार्टीमा आउन प्रशस्त समय मिलोस् भनेर आफूले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको बताएका छन् ।

भृकुटीमण्डपमा शनिबार आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको बैठकको जानकारी पाइएन भन्न कसैले नपाउने भन्दै सार्वजनिक रुपमा बैठकको मिति र स्थान घोषणा गरे ।

ओलीले भने– उहाँहरु पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु । कसैले थाहा पाइनँ नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ ।

माधव नेपाल पक्षले बालुवाटरमा बस्ने बैठकमा नजाने निर्णय गरिसकेको छ । एमालेको विधानमा लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारबाही हुने व्यवस्था छ । ओलीले त्यसतर्फ संकेत गरेका हुन् ।

नेपाल प्रेसका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई माधव नेपालहरुले तीनपटक साधारण सदस्यबाट र अध्यक्षबाट निकालेको स्मरण गर्दै ‘सक्ने भए के के गर्ने रहेछन्’ भन्ने पुष्टि भइसकेको बताए ।

ओलीले भने– बाटा बाटामा अध्यक्षको पगरी गुथेर हिंडेका छन् । यिनीहरुले मलाई तीन तीनपटक अध्यक्षबाट मात्र होइन, साधारण सदस्यबाट समेत निकालेका हुन् । देख्नुभयो नि, यिनीहरुले सक्ने भए के के गर्ने रहेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.