जन सरोकार

ठूलो परिमाणमा लागूऔषधसहित १० जना पक्राउ

राजधानी काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट ठूलो परिमाणको अवैध लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको अवैध कारोबार भइरहको छ भन्ने सूचनाका आधारमा उपत्यकाको विभिन्न स्थानबाट दुई हजार ७०० एम्पुल लागूऔषधसहित १० जनालाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

काठमाडौँ महानगरपालिका १६ बालाजुबाट नुवाकोटका ३८ वर्षीय श्याम गुरुङ, काठमाडौँको नागर्जुनबाट मोरङका सोनाम तामाङ, काभ्रेका सनम राजभण्डारी र बाग्लङका सुवर्ण मल्ललाई पक्राउ गरिएको जनाइएको छ । यस्तै पर्सा घर भएकी रङमतीदेवी पटेललाई काठमाडौँको बालाजुबाट एक हजार ६५० एम्पुल लागूऔषधसहित पक्राउ गरिएको छ ।

लागूऔषध कारोबारमा संलग्न सोलुखुम्बुका सबिनकुमार श्रेष्ठ, सर्लाहीका देव शेख, दोलखाका रोशन कुँवरलाई र काठमाडौँको गोकर्णेश्वरबाट सिन्धुलीका प्रकाश जिम्बालाई पनि पक्राउ गरिएको छ । देव शेख र सोनाम तामाङ भने लागूऔषध मुद्दामा दोषी ठहर भई कैद भुक्तानी गरेर छुटेका व्यक्ति हुन् । उनीहरुको विषयमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.