राजनीति

गठबन्धनमा जाने निर्णय भएको छैन

सत्ता गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी स्थानीय निर्वाचनमा तालमल गरेर जानका लागि एमसीसी पारित गरेको भन्दै आए पनि गठबन्धनकै नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने यसका लागि तयार देखिंदैन ।

यसबीच कांग्रसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ । आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताउनुभयो ।

प्रेस युनियन सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले भन्नुभयो, “कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो”, महामन्त्री थापाले भन्नुभयो, “यो गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।”

उहाँले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भन्नुभयो, “त्यति बेला तत्कालीन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो ।

दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ ।’’ उहाँका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ ।

महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पार्नुभयो ।

अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उहाँले जानकारी गराउनुभयो ।

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबण्डाको अन्त्य गर्न खोजेको बताउनुभयो । पार्टीभित्र हुने भागबण्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.