कर्पोरेट/पर्यटन

फर्न्टेन ग्लोबल भारतका उत्पादनहरु नेपाल

भारतको बहुचर्चित उत्पादक फर्न्टेन ग्लोबलका उत्पादहरु नेपालमा विक्री वितरण तथा नेपालका विविध क्षेत्रमा लगानी एवं व्यावसायिक प्रबद्र्धन गर्ने उद्देश्यले उमेश सप्लायर्स प्रालि संचालनमा आएको छ ।

फागुन ३० गते सोमबार काठमाडौ महालक्ष्मी बोजेपोखरीमा सप्लायर्सको राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख अनुसन्धान अधिकृत बिद्या कुमार थापा क्षेत्रीबाट औपचारिक समुदघाटन गरिएको छ ।

उक्त समारोहमा प्रालिका प्रबन्धक अध्यक्ष उमेशप्रसाद यादवले स्वागत सहित कम्पनीले विविध क्षेत्रमा गर्ने व्यवसाय सम्बन्धी जानकारी गराउनु भएको थियो । उहाँले कम्पनीले स्वस्थ्य, सूचना प्रविधि, रियल स्टेट, खनिज तथा उत्खनन, जलविद्युत तथा पाइप, फोहोर ब्यवस्थापन आदि क्षेत्रमा व्यवसाय एवं लगानी गर्ने जानकारी दिनुभएको थियो ।

समारोहमा भारतबाट फर्न्टेन ग्लोबल प्रालि भारतका निर्देशक शिरोमणि शर्मा, सुमन कुमार बस्नेत एवं सुमित सेन गुप्ताको बिशेष उपस्थिति रहेको थियो ।

भारतको फर्न्टेन ग्लोबल प्रालिसंग सहकार्य रहेको र फर्न्टेन ग्लोबलको उत्पादहरु उमेश सप्लायर्स मार्फत अब नेपाल एवं विदेशी बजारहरुमा पनि उपलब्ध एवं निर्यात गर्ने सम्झौता पनि सम्पन्न भएको छ ।

उदघाटन समारोहमा फर्न्टेन ग्लोबल कम्पनी भारतका निर्देशक शिरोमणि शर्माले उमेश सप्लायर्स कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै कम्पनीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

समारोहमा टीकाथली प्रहरी चौकीका प्रहरी नायव निरीक्षक देवानन्द यादव, भूतपुर्व अभियन्ता भरत राज श्रेष्ठ एवं प्रमुख अतिथि विद्या कुमार थापा क्षेत्रीले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.