विश्व समाचार

अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट

विश्वभर कोरोना भाइरस बिरुद्धको खोप अभियानपछि संक्रमणमा कमी आएको र जनजीवन सहज हुँदै गैरहेका बेला अमेरिका र फ्रान्समा नयाँ भेरियन्ट देखिएको समाचार छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको समाचार अनुसार ‘डेल्टाक्रोन’ नाम दिइएको नयाँ भेरियन्ट कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् । गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यहि भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो ।

हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको स्काई न्युजले लेखेको छ ।

गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.