बिचार

मानिसको जिबनमा फेसबुकको समाजशास्त्र

दिपेन्द्र अधिकारी

फेसबुकले कतै धेरैलाई बिगारेको त छैन ? मलाई व्यक्तिगत रूपमा भने ज्ञान बढेको अनुभव रहेको छ । संसारभरका मानवबीच समानन्तर रूपमा चेतना, आर्थिक, सामाजिक, समृद्धि स्तरको बिकास नभएको खण्डमा सोसल मिडियामा यसरी खुलारूपमा जोडिदा, एक थरीलाई अनावास्यक जानकारी राख्नु परेको देखिन्छ भने अर्को थरीलाई अनावश्यक अश्लिलताको उदाङ्गो नाच देखाउन हतार परेको बुझिन्छ । समाजमा यसले कसरी राम्रो कसरी नराम्रो असर पारेको छ त्यस बिषयमा जिम्मेवार ब्यक्ति या सरकारले खासै जानकारी लिन जरूरी ठानेको छैन की । यस बाहेक फेसबुकमा थुप्रै अनलाईन समाचारहरू, च्यानलहरू र पत्रिकाहरूका पृष्ठहरू पनि छन्, जसले संसारको स्थितीको बारेमा जानकारी पुर्याउन सकेको छ जस्तै कुनै पनि विद्यार्थीलाई आफ्नो वरिपरि वा देश र विदेशमा के भइरहेको छ भनेर जानकारी लिन सहज पुर्याएको छ । उही समयमा, नयाँ प्रविधि र अभ्यासहरूको भिडियोहरू युट्यूबमा अनलाईनबाट सिपको बिकास गर्न सकिन्छ ।

अमेरीकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि नेपालको तत्कालिन राजनीतिक परीघट्नाहरूमा सामाजिक सन्जालको चरम दुरूपयोग भएको देखियो। राजनीतिकर्मी, मिडियाकर्मी बाट साथै साधारण नेपाल र नेपाली बीचमा त झन आवस्यक भन्दा कयौ गुणा दुरूपयोग देखिन्छ । म पनि १० बर्ष लगातार सामाजिक सन्जाल चलाउछु । २०१८ सम्म त सामान्य दैनिकी र काम बिजनेसको जानकारी साथै आफ्ना सामान्य अनुभुतिहरू नेपालीमा मात्रै नभएर अन्य भाषामा पनि सन्जालमा लेख्ने गर्थे । त्यसपछि भने नेपालमा टुरीजम बर्ष २०२० सफल गराउने नेपाल सरकारको योजनालाई एक बिदेशमा बस्ने नेपालीको नाताले अलि बढी उत्साहीत थिए । मेरो हिजोदेखि घुम्नेबानी तर सन्जालमा नराख्ने थियो तर यसै भिजिट नेपाल अभियानमा “सानो आफु खुसि अभियान अन्तर्गत“ साथी भाईहरूसंग नयाँ-नयाँ ठाउ घुम्ने, नयाँ गतिबिधि गर्ने, नयाँ खानेकुरा खाने र सन्जालमा पनि राख्ने काम बढ्यो भलै आफ्नो देशमा नघुम्दा पनि । सुरू सुरूमा मात्र मेमोरीमा हुन्थ्यो भने । यो अभियान सुरू भएबाट भने घुमेर मज्जा लीनु भन्दा पहिले नै सामाजिक सन्जालमा राखिहाल्ने बानीबस्दै गयो । यसै सिलसिलामा भिजिट नेपाल सुरू नहुदै कयौ पटक नेपाल सम्म बिदेशी साथी भाईहरूसंग घुम्न पनि गयौ साथै सन्जालमा पनि राखियो । करीव एकबर्ष २ महिना अगाडि फेरि नेपालमा धेरै बिदेशी साथी भाईहरूसंग घुम्नजाने योजना थियो । तर अकस्मात कोभिड १९( कोरोनाले) यो सपनामा पूर्णबिरामै गरायो । सामाजिक सन्जालमा ब्यापक सक्रिय हुने उदेश्य एउटा मात्र थियो भिजिट नेपाललाई सफल पार्न एकनेपालीको ब्यक्तिगत अभियान यतिकै बिचैमा तुइयो दु:ख लाग्छ ।

समय परीस्थिती त बदलियो तर सामाजिक संजालबाट भने पूर्णबिराम लागेन । सुरूमा त कोरोना सम्बन्धी जानकारी, सहानुभूति, अनुभव, दु:ख सुखका कुरा सन्जालमा सेयर गर्ने, हेर्ने काम भयो । तर आज पनि कोरोना सकिएको छैन । अरू धेरै देशमा आन्तरिक व्यबस्थापन, सेलाएको बिजनेसले सामाजिक सन्जाल पातलिएको अनुभव मेरा बिदेशीसाथी हरूको गतिबिधिबाट महसुस गर्छु । तर म आफु भने आफ्नै देशको राजनीतिक गनगनले कता कता कान तानेको होकि? साथै म आफै आफ्नो आवाज पनि थपेको महसुस गरेको छु । सामाजिक सन्जालमा गालि गलोज त म गर्दै-गरिन तर रचनात्मक लेख, छोटा, कविता, भनाई विचार राख्न थालेको छु, अनलाईन पत्रिकाहरू मार्फत । यसो गर्नुको मेरो उदेश्य थोरै भएपनि जन चेतनाको बिकासमा योगदान दिन सक्छुकि भन्नेनै हो ।

यसैक्रममा एउटा घट्ना आज भन्दा करीव एक बर्ष अगाडिबाट फेसबुकमा नयाँ साथीहरू, ग्रुप फरक फरक राजनीतिक पार्टीका साथीहरूका संजालमा जोडिने अनुरोध बढ्न थाले, मेसेन्जरमा ग्रुप मेसेज आउन थाल्यो । साथै धर्म कर्मका पनि । यो मेसेज १०० जनालाई सेयर गर्नु र मलाई पनि सेयर गर्नु तपाईको मन-कामना पुरा हुन्ऱ्छ भन्ने आउथे । कति सस्तो तिर्थ भएछ भन्दै अरू समाचार हेर्न तिर लाग्थे । शुभ-प्रभात मेसेज पनि आउछन् । आहा त्यो दिन साच्चै शुभ-भए जस्तो लाग्छ । आजकल त तल्लोस्तरको बादबिवादका फोहोरी शब्द हेर्दा, पढ्दा फेसबुके साथिहरूको औकात बुझ्न पाईन्छ । एक्लै मुसुक्क हासी, विचरा शब्द मुखवाट आफैलाई खर्चिन्छु । काम, सञ्चो बिसञ्चोको मेसेज हेर्नलाई पहिलो प्राथमिकता दिन्छु । मेसेन्जरमा पनि कतिपय धेरैकामहरू लाई व्यवस्थित गर्न सकिने भएकाले सरल र उत्पादन सिल हुन्छ नै । तर प्राय केहि न केहि नयॅा नॅया नेपालकै भाईरल समाचार हेर्दा लाग्छ कति फुर्सदिला मान्छेछन् है नेपालमा, आफै ठान्छु ।

गज्जव लाग्छ यो फेसबुक गलत मात्रै नभएर जानकारी मुलक खवरहरू पनि दौडाएको हुन्छ र साथीभाईहरूसंग दिन दिनै छलफल गर्ने मसला पनि मिलिरहन्छ । तर दु:खको कुरा आफ्नो मनपर्ने हवी, काम सम्बन्धी साथीहरूले गरेको पोस्ट हेर्ने समय मिल्दैन आजकल अनावास्यक हेर्न नपर्ने पोस्टनै अगाडि आई रहन्छन् युटुव फेसबुकहरूको भाईरल । नहेरम् सबै सुबिधा बन्ध !! हेरम दुर्घन्द सहनु पर्ने !! यस्तै भएर त भनेकाहोलान “नखाउ भने दिनभरीको शिकार, खाउ भने कान्छा बाउको अनुहार “ हरे शिव । भेटेकै छैन साथि फेसवुकको, तर एउटा अभिब्यक्तिले उहाको रियल फेस देखाउछ, उहाको ब्यक्तित्वको मापन गराउछ । यस अर्थमा फेसबुकलाई हार्दिक आभार पनि छ । एक ठाउमा बसेर पनि संसार भरै छरीएर बसेका साथीहरूलाई पढ्न, बुझ्न सक्ने बनाईदिएकोमा । बास्तवमा प्रतेक कुराहरूलाई शिक्षाको रूपमा लिन सके यो संसारमा फजुल भनेको केहि हुदैन । आज यस्तै हरेक बिहान घट्ने घट्नाले मलाई निवन्ध लेख्न प्रेरितगरेको छ ।

सोसल मिडिया संसार भरिकै युवाहरूबीचमा अधिकतम लोकप्रिय छ भने प्रौढ देखि जुनियर बालबालिका पनि यसबाट अछुतो छैनन् । गज्जवको युग आकाशबाटै बर्षेझै गरेर फेसबुक, ट्टुवीटर, युटुव, लाइन, ब्लग, इन्टाग्राम आदि आदि । बिभिन्न देश अनुसार प्रयोगकर्ता कुन सन्जाल बढी गर्छन् ? सायद फरक फरक डाटा होला । तर संसार भरकै प्रयोग कर्ताबाट सोच्ने हो भने अधिकतम सन्जाल फेसबुक नै होला । म आफु पनि पहिलो फेसबुक, दोस्रो युटुव, तेस्रो लाईन, चौथो इन्स्टाग्राम प्रयोग गर्छु । तर सवै अलगअलग उदेश्यका लागि प्रयोग गर्छु । फेसबुक भने दैनिकी मात्रै नभएर चौ-निकी भएको छ । विहान, दिउसो, साझ, राती जतिखेरपनि सुत्ने समय बाहेक हेरेकै हुन्छु । १० बर्ष अगाडि यस्तो थिएन । अगाडि काम, नजिकै फोन र घडि हुन्थ्यो ।आजकल त साथमा स्मार्ट फोन, हातमा स्मार्ट वाच हुन्छ । स्मार्ट फोनमा संसारको सुचना छ । स्मार्ट वाचमा इमर्जेन्सि मेलको जानकारी, आफ्नो स्वास्थ्यको चेक जानकारी पनि दिन्छ । २०औं शताब्दीमा जोडिएको स्मार्ट फोनको चमत्कार २१ औं शताब्दीले “फेसबुक सिइओ मार्केसको जिवन कालमै कहाँसम्म पुग्ला ?

फेसबुकका गुण र अवगुण

हुनत: भूमिकामा कतिपय लेखिसकेको छु तर पनि केहि थप पक्ष मेरो अनुभवका आधारमा । मावन एक सेन्सेटीभ चेतना बुद्धिबिबेक भएको प्राणी हो । दु:ख, सु:खका अनुभब, ज्ञानगुनका कुराहरू हरदम मानिसले मनमा राखिरहन सक्दैन कसै न कसै संग सेयर गर्न मन पराउछन् । यस्तै सिलसिलामा “फेसबुक सिइओ मार्कोसले” पनि कलेजमा आफ्नै प्रेमिकासंग कयौ कुरा सेयर गर्न खोज्दा, प्रेमिकाले इन्कार गरेकाले, कलेज साथीहरू संग मिलेर कुन गर्लफ्रेण्ड सुन्दर तुलना गर्ने सिलसिलामा सफ्टओएर तयार गरी सामाजिक सन्जालनै आविस्कार गरी गर्लफ्रेन्डको कमेन्टसम्म लेखेका थिए रे ! पछि यो अतिनै आवस्यक, उपयोगि महसुस गर्दै नया साथी जोडिदै जादा आज संसारनै फेसबुक भित्र अटाएको छ । कथा कवितामा संसारको काहानी सुनेपनि आज फेसबुक, युटुवले त्यही देशमा गएजस्तै गरी नो फिक्सनका जानकारीहरू लिन सहज बनेको छ । संसार सानो बनेको छ तर यस अर्थमा पहुचबालाहरूको लागि मात्र हो की सामाजिक सन्जाल ? तर यसरी माइनसबाट सोच्न हुदैन । बरू सामाजिक सन्जालमा पहुच नपुगेकाहरूको चेतना, आर्थिक उन्नतिमा पनि यसै फेसबुक या सन्जाल मार्फत योगदान दिन सकिने सकारात्मक कुरा सोचौ न ।

आआफ्ना रूचिहरू सो गर्ने प्रसिस्पर्धा गर्नु पनि राम्रा पक्षनै हुन जवसम्म अश्लिलतासम्म पुग्दैन । एकैनासले समाज बनेको हुदैन । नया नया सोच बिचार आदि देख्न, सुन्न पाउनु एक प्रेरणा पनि हो । आफुले पनि नयॅा गर्न सकिदो रहेछ भन्ने आभाष पाउन सकिन्छ । सपना देख्न सकिन्छ, सपना पुरा गर्नसक्ने बाटो पनि देखिन्छ । एक्लो पन, फुर्सदको सदुपयोग, मनलागेको बिसयबस्तुमा सर्च-स्टडी गर्न सकिनु पनि महत्वपुर्ण पक्ष हो । बेला बेलामा आपत्कालीन सहयोग पुर्याउनमा पनि धेरै सजिलो भएको साथै व्यस्थताकाबीच पनि हाम्रो मानवता उकास्न महत्वपूर्ण भुमिका खेलेको छ । केहि गरूगरू लाग्ने, कताकता घुम्नजाउ लाग्ने साथीहरूमाझ सेयर गर्न मनपराउनु एकसकिसिमले आफ्नो पुच्छर आफै हल्लाएर क्रियासील हुन उत्प्रेरित गराएको छ । तत्काल संसारभरै आएको कोरोनाले एक किसिमको दु:खद तहल्का मच्चाएको छ । सामाजिक संजालले आवश्यक भन्दा बढी पिडादायक जानकारी दिएको महसुसका बाबजुत पनि एक आपसमा आफन्त साथीभाईसॅग नजिकिने, मानविय भाबना, सहयोग महत्वपूर्ण जानकारीको आदानप्रदान साथै सरसफाईको महत्वलाई सामाजिक सञ्जालबाट जनमानसमा पुर्याउन योगदान दिएको छ ।

आजको समयमा युवाहरूबीच सोशल मिडिया सबैभन्दा लोकप्रिय भएपनि, यसबाट कोही पनि छोडिएका छैनन् । प्राय युवाहरूहरूको हातमा स्मार्ट फोनको साथ सम्पूर्ण विश्वसँग जोडिएको छ, चाहे फेसबुक, ट्वीटर, युटुव, ब्लग वा इन्टाग्राम रूपमा किन न होस् । सामाजिक सन्जाल र स्मार्ट फोनका माध्यमबाट अहिले सबैमा इन्टरनेटमा सजीलो पहुँच पुगेको छ । सामाजिक मिडिया आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनेको छ । इन्टरनेट प्रयोग कर्ताहरूको सबैभन्दा ठूलो क्षेत्र १५ देखि ६५ वर्ष बीचको समूहका ७२ प्रतिशत भन्दा बढीसंग मोवाईल छ जसमध्ये ६० प्रतिसत भन्दा बढीसंग स्मार्ट फोन-इन्टरनेट छ । हामी कुनै पनि जानकारी, कुनै पनि भिडियो, फोटो, गीत वा कुनै डकुमेन्ट या सपिङ्गमा पुग्न सक्दछौं । नेपालमा पनि फेसबुक सोशल मिडियाका प्रयोगकर्ता पहिलो स्थानमा छन् । “लर्नएसियाले” निकालेको डेटाबेसको आधारमा हाल फेसबुकमा सामाजिक संजालमा लगभग ६०% मानिस सक्रिय छन् । एकातर्फ साथीहरूमाझ कुराकानी र मनोरन्जनको माध्यम भएको छ भने अर्कोतर्फ विद्यार्थीहरूको लागि अध्ययन गर्न माध्यम पनि बनेको छ । फेसबुकबाट अध्यनका लागि, लाइफ साइन्स, वन्य जीवन, सामान्य ज्ञान, इतिहास, भुगोल आदिको एकेडेमी परीक्षाको लागि यस्था विषयहरूमा छलफल, प्रश्न र उत्तर, जानकारीहरू उपलब्ध छन् । यसपटकको कोरोना लकडाउनले स्कुल-कलेजका अध्यनका सामाग्रिहरू बढेका छन् । म आफै पनि यो अवसर प्रयोगगरि नेपाली भाषाको बिकास गर्दैछु ।

खराब पक्षपनि थुप्रै पाईन्छ, धेरै मानिसहरू राम्रो कुराहरूलाई कम नराम्रो कुरा प्रति बढी रूचि दिने नेचर भएका हुनाले सायद त्यसैले होला अर्काको गल्ति, अरूलाई होच्याउने, नकारात्मक कुराहरू एका एक भाईरल गराउने परम्परा हरेक देशको सामाजमा छ । हाम्रो नेपाली समाजमा अलिबढीनै होकि अनुभबको आधारमा भनेको हु । मानिस रियल लाईफमा दुर्घन्ध फोहोरबाट टाढा र सुन्दर फुलबारीवरीपरी, नदिनाला हेर्दै आनन्द मान्छौ यो प्राकृतिक स्वभाब हो । तर संजालमा भने उल्टो छ दुर्घन्ध फोहोरबाट नजिक, सुन्दर राम्रो प्रेणणादायीक बिसयबस्तुबाट टाडा रहने नराम्रो बिकृतिको बिकास फेसबुक, सामाजिक संजालले बढाएको छ । राम्रो कुरा पनि प्रचार भाईरल नहुने हैन हुन्छन तर साईकलको गतिमा हुन्छ तर खरावकुराको भाईरल भने बिद्धुतको गतिमा हुन्छन् । जसरी सोशल मिडिया प्रयोगकर्ताहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

सामाजिक मिडियाको अन्धाधुन्ध प्रयोगले बच्चाहरूलाई वा युवाहरूलाई बेवास्ता गर्दछ जसले उनीहरूलाई समस्यामा पारेको छ जसको बारेमा उनीहरूलाई नै कुनै ज्ञान हुँदैन । अश्लील यौन सम्बन्धित तस्विर र भिडियोहरू कुनै पनि सामान्य सामग्री को रूपमा सामाजिक साइटमा उपलब्ध छन् । एउटा अनलाईन बाटै पाएको अचम्मको तथ्य भर्खर ११ वर्षको उमेरमा पुग्दाका बच्चाहरू कुनै न कुनै रूपमा इन्टरनेटमा अश्‍लील कुराको बारेमा सजग भइसकेका पाईएका छन् । एक किसिमले यौन शिक्षा आफै लिएका छन् भने । तर आज अपराधिक सोशल साइटहरूमा त्यस्ता धेरै खतराहरू छन् जसले बच्चाहरूलाई उनीहरूको वेबमा समेटेर उनीहरूको शोषण सुरु गरेका छन् जसलाई ‘साइबर अपराध’ भनेर चिनिन्छ । इन्टरनेटका सबै प्रयोगकर्ताहरु को लागी महत्वपूर्ण हो कि तिनीहरु आफ्नो एकदम गोप्य व्यक्तिगत जानकारी कहिले पनि सामाजिक साइटहरु मा साथीहरु संग खुला नहुन । एउटा बिदेसी अनलाईन पत्रिकाबाट पाएको जानकारी अनुसार, एउटा घट्ना, केही व्यक्तिले पहिले एक जना जवान साथीलाई र त्यसपछि उसको साथीलाई बोलाए गएको थियो तर दुई महिना पछि पनि घर फर्केन ऊ अझै हराइरहेको छ । यो यस्तो बालबालिकाबिचमा साच्चैको हानि पुर्याएको दु:खद उदाहरण हो । अनलाईन सुसाईडका खबरहरू जस्ता समस्याहरू सुन्न आउनुमा सोसल मिडिया जिम्मेवार पक्कै छ । हामी परीवार पनि यसका लागि जिम्मेवार पनि छौं । आज पढ्ने बच्चाहरूले पढाइमा ध्यान दिन असमर्थ भएका छन् किनभने उनीहरूको धेरैजसो समय सामाजिक साइटहरूमा खर्च गर्न मन पराउछन् । तिनीहरू ढिलो उठ्छन् किनभने उनीहरू आफ्नो निद्राको समय कम्प्युटर वा मोबाइलको अगाडि खर्च गरेका छन् । एउटा सर्वेक्षणले पत्ता लगाएको अनुसार आजका युवाहरूमा कम्युटरको, स्मार्ट फोनको लत देखिएकाले उनीहरूमा मोटोपना र आलस्य पैदा भएको छ । यस लतको सीधा प्रभाव उनीहरूको शिक्षा र सामाजिक व्यवहारमा देखिन्छ। त्यस्ता बच्चाहरू कम बोल्न र एक्लै बस्न बढी सहज हुन्छन् । जसले तिनीहरूको वर्तमान र भविष्यको जीवनलाई खतरा बनाइरहेको छ ।

मेरो विचारमा फेसबुक कम र आवस्यक चिनजानको साथीबीच अनुभव आदान प्रदान गर्न उत्तम भएपनि धेरै नचिनेकासंग जोडिदा नकारात्मक बाटोमा बढी जाने हो की ? फरक बिचार, सोच, कल्चर, आइडियालाई सम्मान गर्नुपर्छ तर नजिकैमा अश्लिलता छ भने पनि तुरून्तै हटाउनु पर्छ जस्तो लाग्छ । यसैले अश्तिलता फैलाउने, लैलैमा गालिगलोज गर्नेहरू जुन सामाजिक मानव नै हैनन् भन्न मनलाग्छ जसले समाज बिगारेका छन् । यस्ता ब्यक्ति जो सुकै हुन् कार्वाही गर्ने कानुन बनाउनु पर्छ । यदि बनाउन सकिदैन भने समाजिक सन्जाल प्रति सोच्नै पर्ने हुन्छ । जीवन हो दु:ख, सुख, राम्रा, नराम्रा पक्षलाई अंगालेर जान सक्नुपर्छ । तर यसको लागि के सहन शक्ति आफ्फैमा बिकाश गर्नुपर्ने हो ? नकारात्मक अफबाह फैलाउनेको कुनै अपराध छैन के उनिहरूलाई रोक्न जरूरी छैन ?

अन्त्यमा, मलाई यस बिषयमा दु:ख लाग्छ, समयको दोष हो या एजुकेसनको कमि जुन समाजमा तुच्क्ष बोल्न मात्र सोख राख्छन् । हामी चेतनसिल सामाजिक प्रणाली भएकाले अश्लिलता, उदण्डता देखापर्छ त्यसलाई बेलैमा रोक्नैपर्छ । हामी सम्पूर्ण मानवको चाहनामा स्वच्छ, शान्त समृद्ध संसार हो । जोसुकै या जुन देशमा भएपनि यतिसम्म तल्लो, निच अभिब्यक्ति जसले कसैको व्यक्तिगत जिवनमा प्रभाब पार्छ । यस्तोलाई सामाजिक सन्जालमा या रियल समाजमा बिकास हुन दिनु हुदैन । अन्य सबै नेताहरू, सामाजिक अभियन्ताहरूले सस्तो लोकप्रियताका लागि अश्लिल बोल्न छोड्नुपनि पर्छ । प्रजातन्त्रको नाममा अनुशासनमा छाडा छोड्न हुदैन । अनुसासनमा राखेर सब्य र भब्य आफ्नो देश बनाई नेपाली एक भएर लाग्नु पर्छ । जसरी नराम्रो कुरा फैलिन्छ त्यो भन्दापनि छिटो राम्रा कुराहरू फैलाउन सकौ । आफ्नो सोच, विचार, बुझाई धारणा निर्धक्क संग राख्न सकौ । जुन देशमा जस्तो चेतना छ, त्यहि अनुसारको क्रियाकलाप प्रस्तुत हुन्छन् । समृद्ध देशमा र गरीव देशमा रहेका जनताको बुझाई एकै खालको हुदैन । राम्रा सामाजिक अभियन्ताहरूलाई सहयोग गरेर पनि सामाजिक काम गर्न सकिन्छ भन्ने कुरामा बिस्वास राखौ । सामाजिक सन्जाललाई सहि सदुपयोग गरौ ।

लेखक जापानमा रहेर समसामयिक बिषयमा कलम चलाउनु हुन्छ ।

यो पनि पढ्नुहोस : स्वार्थपूर्ण गठजोड छोडेर प्रेम पूर्ण मिलनको अबसर

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.