कोरिया लगिदिन्छु भन्दै ठग्दै कोरियन नागरिक
नेपालीहरुको वैदेशिक रोजगारीका लागि सबभन्दा आकर्षक मुलुकका रुपमा रहेको दक्षिण कोरियाकै नागरिक काठमाडौंमा बसेर नेपाली ठगीरहेको पाइएको छ ।

नेपाल प्रहरीले कन्सल्टेन्सी संचालक भन्दै विभिन्न तालिम समेत दिएर दक्षिण कोरिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा सोमबार एक कोरियन नागरिकलाई पक्राउ गरेको छ ।
समाचार अनुसार काठमाडौं महानगरपालिका ७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका ३ महाँकालबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
चावहिलस्थित ओके कन्सल्टेन्सीको संचालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाईदिन्छु भनि रकम लिएर नपठाई रकम ठगी गरेको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्