जन सरोकार

मादी नगरपालिकाले मृतकका परिवारलाई रु एक लाख दिने

सङ्खुवासभाको मादी नगरपालिकाले गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही रु एक लाख दिने भएको छ ।

सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिनुभयो ।

यस्तै बैठकले घाइतेलाई उपचार खर्चबापत जनही रु ५० हजारसमेत दिइनेछ भने मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरेको प्रमुख सुब्बाले बताउनुभयो । सो स्मारकमा घाइते र मृतकको नाम लेखिने उहाँको भनाइ छ ।

मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नं को बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रमुख सुब्बाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.