राजनीति

परिवार दलले सबै स्थानीय तहमा उम्मेदवारी दिने

नेपाल परिवार दलले अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा उम्मेद्वारी दिने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा मङलबार बसेको केन्द्रीय समितिको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धामा उत्रने निर्णय गरेको हो ।

त्यस्तै बैठकले पार्टले निर्वाचनमा आफ्न चुनाव चिन्न सहित जाने निर्णय गदै निर्वाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय मान्यता प्राप्त गरिनसकेका सबै दललाई आफ्नै निर्वाचन चिन्नमा चुनाब लडन पाउने व्यवस्था गर्न सरकार तथा निवाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै निर्वाचन निष्पक्ष, धाधल रहित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने वातावरण तयार गर्न सरकार र आयोगलाई आग्रह गरेको छ ।

बैठकले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यो शक्तिको नेतृत्व नेपाल परिवार दलले गर्ने वातावरण तयार गर्न समान बिविचार राख्न दलहरुसँग छलफल गरेर गठबन्धन गर्ने निर्णय समेत गरेको छ ।

यसै गरी बैठकले दलको प्रवतामा दैलेखका रुपसिह भण्डारीलाई मनोनित गरेको छ भने बैठकले डा. सावित्री न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

पार्टीले वरिष्ठ उपाध्यक्षको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र सातै प्रदेशका प्रदेश संयोजकको नेतृत्वमा प्रदेशस्तरिय स्थानीय निर्वाचन परिचालन समिति गठन गरी दलको उपस्थिति रहेको हेरेक स्थानीय तहमा उम्मेद्वारी दिने निर्णय समेत गरेको छ ।

बैठकपछि बोल्दै अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलहरुको द्वैध चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब जनताले बिकल्पको खोजी गरेको बताउनुभयो ।

उहाँले सरकार परिवर्तन भए पनि आजसम्म राजनीतिक संस्कार परिवर्तन हुन नसकेको बताउँदै नेपालको राजनैतिक दलले  नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न नमिल्ने र जनताले अगामी निर्वाचनमा बैकल्पिक शक्तिलाई मत दिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा दलका वरिष्ठ उपाध्यक्ष बिनोद डाँगी, सहमहामन्त्री एवम् संबिधानसभा सदस्य मिलन कुमारी राजबंशी लगायत दुई दर्जन नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.