जन सरोकार

‘किटो डाइट’ : भ्रम, यथार्थ र अपनाउनुपर्ने सावधानी, अनुसन्धान रिपोर्टले मच्चियो हंगामा

“मैले १० वर्षदेखि खाइरहेको सुगरको औषधि खान बन्द भयो, उच्च रक्तचाप पनि हट्यो । मुटुमा समस्या थियो त्यो पनि हट्यो ।” यो कुनै विशेष औषधिले होइन कि आहारको दैनिकीमा गरिएको परिवर्तनले हो ।

यस्तो सुखद खबर सुन्दा जो कोहीलाई आश्चर्य लाग्नु स्वाभाविक हो । आश्चर्यजनिक नतिजा दिने भनिएको किटो डाइट पद्धति हो । किटो डाइट भनेको एकथरि मात्र खानेकुरा सेवा गर्नु हो । साकाहारी भए तरकारी वा फलफूल मात्रै , मांसहारी भए माछामासु मात्रै ।

किटो डाइटको चलन नेपालमा मात्र होइन, संसारभर नै छ । अझ विकसित भनिएका मुलुकमा यो पद्धति उच्चगतिमा विस्तार भएपछि यस विषयमा अनेक अनुसन्धान भएका छन् ।

नेपालमा किटो उपचार पद्धति अपनाउनेहरुले भन्ने गरेका छन् कि रोग औषधिले होइन खानेकुराले निको पार्नुपर्छ र यसका लागि किटो डाइट सबभन्दा प्रभावकारी छ ।

औषधिको सेवन गर्न नपर्ने किटो डाइट पद्धतिलाई व्यवहारमा उतार्नेहरुको संख्या बढ्दै जाँदा यसमाथि संशय उत्पन्न गर्ने अनुसन्धानका रिपोर्टहरु सार्वजनिक भएका छन् ।

यस्ता अनुसन्धानको मूल लक्ष्य औषधि उत्पादकको साम्राज्य जोगाउन हो वा मानिसको जीवन रक्षाका लागि नै हो भन्ने खोजीको विषय त हो नै तर किटो डाइटमा एकै प्रकारको खानेकुरा मात्रै खाँदा शरीरमा एक तत्व बढी हुने र अरु घट्ने हुँदा निश्चित रुपमा ल्याउने नै छ ।

यसलाई नेपालका मुटुरोग विशेषज्ञ डा. ओम मूर्तिले पनि सार्वजनिक गर्नुभएको छ । उहाँले किटो डाइटलाई आफैंमा खराब नभएको तर, यसको सुरुवात गर्नुअघि राम्रोसंग शरीरको परीक्षण गर्नुपर्ने सुझाव दिनुभएको छ ।

किटो डाइटमा कार्बोहाइड्रेटयुक्त खानेकुराको मात्रा कम हुन्छ र फ्याट बढी हुन्छ जसका कारण शरीरमा खराब कोलेस्ट्रोल तीव्र गतिमा बढ्न थाल्छ । शरीरमा खराब कोलेस्ट्रोल अर्थात् एलडीएल बढ्यो भने हृदयाघात, स्ट्रोक र रक्तनलीमा अवरोध हुने खतरा बढ्छ ।

यसरी तौल घटाउनुका साथै किटो डाइटले तपाईको मुटुलाई हानी गरिरहेको हुन्छ । किटो डाइटमा कार्बोहाइड्रेटयुक्त उच्च फ्याटयुक्त खानेकुरा बढी खाइन्छ जसमा मासु, अण्डा पर्दछन् । बटर, क्रिम र चिजसँगै ओखर, बदाम जस्ता चिजको सेवन बढी हुन्छ ।

एकै समयमा, यस आहारमा, उच्च कार्बोहाइड्रेटयुक्त खानेकुराहरू जस्तै चिनी खाना, सम्पूर्ण अन्न, फलफूल, सिमी र दाल र आलु, मीठो आलु, गाजर आदिबाट दूरी बनाइन्छ।

यहाँ क्लीक गरेर हेर्नुहोस सिएनएनको रिपोर्ट

किटो डाइटमा यस्ता धेरै कुराहरू समावेश हुन्छन् जसले शरीरको पोषणको लागि आवश्यक माग पूरा गर्दैन । शरीरलाई यी चीजहरू पनि चाहिन्छ, जसका कारण शरीरलाई पोषण हुँदैन। अर्कोतर्फ अण्डा, बटर, चिज, क्रिम जस्ता उच्च फ्याटको सेवनले मुटुको खतरा बढाउँछ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार हेल्दी हार्ट प्रोग्राम प्रिभेन्सन क्लिनिक, सेन्ट पॉल हस्पिटल र युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको सेन्टर फर हार्ट लङ्ग इनोभेसन क्यानडाको अध्ययनले कार्बोहाइड्रेटको मात्रमा कम र चिल्लो उच्च मात्रामा बढ्ने खानेकुराले खराब कोलेस्ट्रोल बढाएर हृदय रोगको जोखिमसँग उच्च बनाएको छ ।

किटो डाइटमा माछामासु, चिल्लो पदार्थहरुको मात्र सेवा गर्ने होइन कि फलफूल मात्रै वा हरिया सागसब्जी मात्रै पनि खाने गरिन्छ । यसले शरीरलाई चाहिने सबै पौष्टिकतत्व प्राप्त नहुने र खाइएका खानेकुराबाट शरीरलाई आवश्यकभन्दा बढी तत्व उत्पन्न भएर क्षति पुग्ने अनुसन्धानको निष्कर्ष रहेको छ ।

यस सम्बन्धमा डा. ओम मूर्तिको सुझाव छ कि किटो डाइटको बिरोध गर्नु वा यसैको पछ लाग्नुभन्दा आफ्नो शारीरिक अवस्थालाई ध्यान दिएर अपनाउनु आवश्यक छ । त्यस्तै यसलाई अपनाउँदा धैर्यताका साथ पूर्ण अनुशासनमा पनि बाँधिनु पर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.