जल/वातावरण

दुई दिनमा आठ लाख थान माक्स बरामद- सतुंगलको एउटै गोदामबाट छ लाख थान बरामद

कोरोना भाइरसका संक्रमणको त्रास बढेसंगै नेपालमा माक्समा व्यापक कालोबजारी भैरहेको छ । शनिबारदेखि सोमबार विहानसम्म मात्रै प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ८ लाख थानभन्दा बढी माक्स बरामद गरिसकेको छ ।

यसै क्रममा प्रहरीले काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा राखिएका मास्क बरामद गरेको हो । यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।

आइतबार साँझ सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो । सोमबार बिहान खोलेर गणना गर्दा १ सय ७५ वटा बोरामा ६ लाख बढी मास्क रहेको थाहा भएको थियो ।

यसअघि प्रहरीले कपनको मिलन चोकबाट एक लाख ६८ हजार थान मास्कसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने २७ वर्षीय सुवास महेश्वरी, कपनमा पोते पसल सन्चालन गर्दै आएका २६ वर्षीय अजिम बबस मिया र मिलनचोक प्लास्टिक सप्लायर्सका २४ वर्षीय सञ्जन कुमार रेग्मी छन् । कपनबाट प्रहरीले बा ७ च ७२६३ नम्बरको गाडी, गाडी चालक र हेल्परलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.