राजनीति

आज राष्ट्रपति निवासमा सर्वदलीय बैठक

मुलुकको सत्ता राजनीतिमा देखापरेको अस्थिरताका बीच रााष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गर्नुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग मङ्गलबार अपरान्ह् ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.