राजनीति

भेलामा प्रमुख आतिथ्यता गर्न प्रधानमन्त्री ओलीलाई भट्टराईको आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल समूहले आयोजना गरेको भेलाको प्रमुख आतिथ्यता गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको छ ।

भेलाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि भएर भोलिको कार्यक्रमको उद्घटन गर्न आग्रह गर्नुभएको हो ।

सो समूहले चैत ४ र ५ गतेका लागि आयोजना गरिएको राष्ट्रिय भेला प्रधानमन्त्री ओलीको पनि भएको बताउँदै सहभागी भएर प्रमुख आतिथ्यता जनाउन आग्रह गरिएको हो ।

पत्रकार सम्मेलनमा सचिव भट्टराईले भन्नुभयो ‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ । हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर । यो भेला पनि तपाईंकै हो । बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.