सूचना/प्रविधि
ह्याक भएको मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाउण्ट सुचारु
बुधबार साँझदेखि ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ट्वीटर एकाउण्ट सुचारु भएको छ । मन्त्रिपरिषद्को कार्यालयले ट्वीटरबाटै ह्याक भएको एकाउण्ट सुचारु भएको जानकारी दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्वीटर एकाण्टमा अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्वीटहरु गरिएको जानकारी दिंदै त्यसका लागि क्षमायाचना गरिएको छ ।
सुरक्षाका सबै उपाय अपनाउँदा अपनाउँदै पनि अनधिकृत रुपमा प्रवेश गरेको घटनाबारे छानबिन भैरहेको समेत जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्