विश्व समाचार

रुसलाई ब्यालेस्टिक मिसाइल पठाए इरानमाथि नयाँ प्रतिबन्ध लगाउने जी-७ को चेतावनी

जी-७ मुलुकहरूले युक्रेनमा प्रयोग गर्न तेहरानले रुसलाई ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरे इरानमाथि ‘महत्त्वपूर्ण’ प्रतिबन्ध लगाउने शुक्रबार चेतावनी दिएका छन् । समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र क्यानाडा रहेका छन् ।

जि७ को चेतावनी

“युक्रेनविरुद्ध रुसलाई गैरकानूनी र अनुचित आक्रामक युद्ध सामग्री सहयोग प्रदान गर्न तुरुन्त बन्द गर्न वा गम्भीर मूल्य चुकाउन तेस्रो पक्षहरूलाई हाम्रो आह्वान दोहोर्याउँछौँ”, समूहले एक विज्ञप्तिमा भनेको छ, “रुसलाई ब्यालेस्टिक मिसाइल वा सम्बन्धित प्रविधि प्रदान गर्न इरान अगाडि बढेको खण्डमा हामी इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण उपायसहित द्रुत र समन्वितरूपमा जवाफ दिन तयार छौँ ।”

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँग इरानले रुसलाई ब्यालेस्टिक मिसाइल बिक्री गर्ने निर्णय गरे त्यसको मूल्य लाभभन्दा अत्यधिक हुने बताउनुभयो । “हस्तान्तरण भएको छैन तर हस्तान्तरण हुनसक्ने वास्तविक खतरा छ”, उहाँले भन्नुभयो ।

मस्कोको सेनाले मुलुकमा पूर्णस्तरको आक्रमणको दोस्रो वार्षिकोत्सव मनाएका बेला जी-७ ले जारी गरेको एक विज्ञप्तिमा युक्रेनमा रुसको युद्धका लागि चीन र इरानको समर्थनको निन्दा गरेको थियो । समूहले इरानसँग रुसी सेनालाई सहयोग बन्द गर्न आह्वान गर्दै चिनियाँ व्यवसायहरूले हतियारका घटक र सैन्य उपकरणहरू मस्कोमा हस्तान्तरण गरेकामा चिन्ता व्यक्त गरेको छ ।

किएभलाई सैन्य सहयोगका लागि अमेरिकी कांग्रेसमा थप रकम रोकिएपछि युक्रेनी सेनाले हतियार अभावको सामना गर्नुपरेको छ । मस्कोले युक्रेनमा प्रयोग गर्नका लागि हतियार प्राप्त गर्न तेहरानका साथै प्योङयाङतिर पनि दृष्टि दिएको छ । रुसले समेत आफ्नो घरेलु हतियारको उत्पादनलाई व्यापकरूपमा बढाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.