जापान

कोरोना संक्रमणका कारण यस वर्षको नेपाल फेस्टिबल अनिश्चित

जापानमा हरेक वर्ष नेपाली दूताबास टोकियो, गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको आयोजनामा हुँदैआएको नेपाल फेस्टिबल यस वर्ष अनिश्चित भएको छ । आइतबार सम्पन्न एनआरएनए जापानको सचिवालय बैठकले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै हाललाई नेपाल फेस्टिबल गर्ने नगर्ने भन्ने यकिन नभएको बताएको हो ।

अध्यक्ष देविलाल भण्डारीज्यूको अध्यक्षतामा बसेको बैठकले जापान सरकारले पनि बिभिन्न महत्त्वपूर्ण कार्यक्रमहरु स्थगित गरेको अवस्थामा आउँदो जुन २० र २१ मा गरिने भनिएको फेस्टिवलको बारेमा पुनर्विचार गर्ने र अप्रिल पहिलो हप्तासम्म गर्ने नगर्ने अन्तिम निर्णय गर्ने निर्णयलाई सर्वसहमतिले पारित गरेको छ ।

त्यसै गरी बैठकले एनआरएनए संवाद कार्यक्रम गर्ने सर्वसहमतिले पारीत गरेको छ । उक्त कार्यक्रम हरेक २ महिनामा एक चोटी गरिनेछ जुन अनलाईन मार्फत हुनेछ । जापानवासी नेपाली समुदायको एनआरएनए जापानसंग प्रतक्ष सम्पर्क रहन सकोस् र आफ्ना सुझाव, सल्लाह साथै जनगुनासाहरुलाइ पनि राख्न सहज होस् भन्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

संवाद कार्यक्रम गर्नुभन्दा कम्तिमा एक हप्ता अगाडि आफ्ना सुझाव, सल्लाह साथै गुनासाहरुलाइ विभिन्न माध्यमबाट राख्न सूचित गरिनेछ । संस्थाको तर्फ़बाट अध्यक्ष र महासचिव सहभागी रहने उक्त सम्बात कार्यक्रममा हरेक पटक फरक फरक विषयका एक जना विज्ञलाइ पनी सहभागी गराइनेछ ।

बैठकले डोल्पा जिल्लाका बिभिन्न स्थानमा रहेका असहाय र जेहेन्दार बिद्यार्थीहरु निम्ति काम गरिरहेको स्नो याक फाउण्डेशनले गरेको सहयोगको अनुरोध अनुसार एनआरएन जापानको तर्फ़बाट ५० हजार नेपाली रुपैयाँ सहयोग गर्ने निर्णय सर्वसहमतिले पारित गरेकोछ । उक्त रकम संस्थाको कोषबाट नभई कार्यसमिति पदाधिकारी तथा सदस्यहरुबाट जनही २ हजार रुपैयाँको हिसाबले उठाउने निर्णय गरिएकोछ ।

त्यसै गरी नियमित बैठकको निम्ति पदाधिकारी तथा सदस्यहरुको भौतिक उपस्थिति हुनुपर्ने तर आपतकालीन बैठक तथा सचिवालय बैठकमा विशेष कारण देखाई उपस्थित हुन नसक्ने पदाधिकारी तथा सदस्यहरुलाई अनलाईन मार्फत बैठकमा सहभागी गराउने निर्णय भएको छ ।

एनआरएनए जापानको कोषवृद्धिका लागि गरिने सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ । जसअनुसार कार्यक्रमको संयोजक कोषाध्यक्ष कालीका थापा रहने गरी हरेक क्षेत्रीय संयोजकहरु सहसंयोजक रहने र सकृय संघ संस्थाहरुसंग पनी सहकार्य गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.