जल/वातावरण

कोरोनाविरुद्ध जिल्ला जिल्लामा व्यापक तयारी- कतै टास्कफोर्स, कतै आइसोलेशन बन्दै

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै विभिन्न जिल्लाहरुमा व्यापक तयारी थालेका छन् । यसक्रममा नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा मंगलदबार बसेको सरोकारपक्षको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले नगरप्रमुख डा धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरेको छ ।

बैठकमा कोरोना भाइरसविरुद्ध पूर्वतयारीका लागि आकस्मिक कोषमा नेपालगञ्ज उपमहानगरपालिकाको तर्पmबाट रु ३० लाख, बाँके जिल्ला समन्वय समितिले रु ३० लाख, कोहलपुर नगरपालिकाले रु २० लाख, छ वटा गाउँपालिकाले रु १०÷१० लाख र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु २० लाख सहयोग गर्ने निर्णय भएको छ ।

उता चितवनमा कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ती वार्ड व्यवस्थापन गर्न लागेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल सञ्चालनमा रहेका १९ श्ययालाई थप गरी २० पु¥याइने, दुई मेडिकल कलेजमा २०÷२० श्ययाको छुट्टै कक्ष बनाइने र निजी अस्पतालमा १५ श्यया व्यवस्थापन गरिने छ ।
जिल्लामा आएका शङ्कास्पद बिरामीलाई राख्नका क्वारेन्टाइन निर्माणका लागि स्थानको खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “शङ्कास्पद बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने ठाउँको खोजीमा छौँ । सम्भवतः छिट्टै टुङ्गिने छ ।”

जिल्ला प्रशासन कार्यालयले सबै चनाखो भएर पूर्वतयारी गर्न आग्रहसमेत गरेको छ । प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न लागेको छ । विदेशी नागरिक प्रवेश गर्न सक्ने नाका भरतपुर विमानस्थल, पर्साको ठोरी हु्ँदै माडी जोड्ने नाकामा जाँचको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा सङ्क्रमण हुन नदिन र भइहालेमा आवश्यकतानुसार एम्बुलेन्स प्रयोग गर्न सक्ने गरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रम गर्न लगाइएको, सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिइएको थियो । यस्तै स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही अघि बढाइएको, पारिवारिक भेटघाटबाहेक अन्य जमघटका कार्यक्रम नगर्न निर्देशन दिइएको र कालोबजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तीव्र बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई शून्य सहिष्णुता अपनाएर कारवाही गरिने प्रशासनले जनाएको छ । बजारमा अहिले माक्सको अभाव भएको भए पनि यसलाई व्यवस्थित गर्नका लागि कार्यालयले सङ्घीय सरकारसँग आग्रह गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

यसैबीच कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।

पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताउनुभयो ।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.