जापान

जापानमा शक्तिशाली भूकम्प : चारजनाको मृत्यु, दर्जनौं घाइते

जापानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार राति गएको भूकम्पमा परी ४ जनाको ज्यान गएको छ भने अरु दर्जनौं घाइते भएका छन् ।

उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ । बुधबारको सो भूकम्पबाट भएको अरु क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।

भूकम्पका कारण धेरै नागरिक त्रसिद भएका बताइएको छ । बिहीबार बिहान ६.३० बजे प्राप्त समाचारमा सो भूकम्पबाट कम्तिमा ४ जनाको ज्यान गएको र अरु ९२ जना घाइते भएका बताइएको छ ।

उत्तरपूर्वी जापानका मियागी र फुकुसिमा प्रिफेक्चर सो भूकम्पबाट प्रभावित भएका थिए । जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार सो भूकम्प ७.४ रेक्टर स्केलको रहेको बताइएको छ ।

राति ११.३६ को समयमा भूकम्पको महसुश गरिएको थियो । फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ । भूकम्पलगत्तै सुनामीको चेतावानी दिइएको थियो । तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।

यी दुई प्रिफेक्चरका समुद्रमा एक मिटरसरम्म माथि आएको मापन गरिएको थियो । पछि सो तह घटेकाले सुनामीको खतरा टरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.