राजनीति

कांग्रेसले साथ नदिए एमालसंग मिल्न सकिन्छ : प्रचण्ड

सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा नेपाली कांग्रेले गठबन्धनमा साथ नदिए नेकपा एमालेसँग गठबन्धन हुनसक्ने बताउनुभएको छ ।

आज बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरह पनि यसमा नेपाली कांग्रेसको व्यवहारमा भरपर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेसका केही नेताहरूले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थालेको भन्दै अध्यक्ष प्रचण्डले कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न नसकिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले कांग्रेसका केही नेताहरु तालमेलको विपक्षमा रहे पनि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धनलाई बचाएर जानुपर्छ भन्नेमा भएकाले एमालेसँग तालमेल गर्ने परिस्थिति नआउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.