राजनीति

नेपाल विश्वकप छनोटमा पुगेकोमा अध्यक्ष नेपालद्वारा खेलाडीलाई बधाई

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेकामा खुसी व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले एक सन्देश जारी गर्दै खेलाडीलाई बधाई दिनुभएको छ । सन्देशमा उहाँले खेलाडीहरूको अथक मेहनतबाट प्राप्त ऐतिहासिक सफलताप्रति खुसी प्रकट गर्दै आगामी प्रतिस्पर्धामा पनि सफलतको शुभकामना व्यक्त गर्नुभएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको एकदिवसीय खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकप छनोटमा पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.