जापान

संस्थापकहरुलाई सम्मान गर्दै पत्रकार महासंघ जापानले मनायो स्थापना दिवस

नेपाल पत्रकार महासंघ जापानले शाखाका संस्थापकहरुलाई सम्मान गर्दै १२औं स्थापना दिवस मनाएको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताउनुभयो ।

गत आइतबार सम्पन्न कार्यक्रममा राजदूत डा. सुवेदीले दूतावासको टेलिफोन नउठ्ने लगायतको जापानबासी नेपालीहरुको गुनासोलाई सम्बोधन गर्दै यो समस्याको समाधान छिट्टै गरिने प्रतिवद्धता समेत जनाउनुभभयो ।

सो अवसरमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एसिया प्याशिफिक उपसंयोजक ददिवल खड्का, पत्रकार महासंघका संस्थापक सभापति तिलक मल्ल, एनआरएनए आइसीसी उपाध्यक्ष तथा महासंघका संस्थापक सल्लाहकार भूषण घिमिरेले मन्तव्य राख्नुभएको थियो ।

यसै गरी नेपाल आदिवासी जनजाति महासंघजापानका अध्यक्ष संजीब राई, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष प्रकाश केसी,अन्तर्राष्ट्रिय अधिवक्ता डा. बलराम श्रेष्ठ,ए नआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग लगायतका व्यक्तित्वहरुले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ तारिख जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्लको सभापतित्वमा स्थापना भएको थियो ।

अध्यक्ष शान्त पहरीको सभापतित्वमा सम्पन्न कार्यक्रम महासंघका सचिव राजन गौतमले संचालन गर्नुभएको थियो भने उपाध्यक्ष ईन्दिरा खनालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

विभिन्न पेसा, व्यवसाय एवं अध्ययनको सिलसिलामा १ लाख ३० हजारको हाराहारीमा नेपाली रहेको जापानमा नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरी आबद्ध हुनेको सङ्ख्या ६५ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.