अर्थ
आज सुनको मूल्य प्रतितोला एक लाख सात हजार एकसय
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । आजको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ थियो ।
आज तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय पुगेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय १० रुपैयाँ पुगेको छ । बिहीबार तेजावी सुन एक लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्