कर्पोरेट/पर्यटन

सरकारले यात्रा प्रतिबन्ध लगायो युरोप, जापान, दक्षिण कोरिया लगायत ५५ मुलुकलाई

सरकारले आगामीम शुक्रबारदेखि लागू हुने गरी नेपाल आउन ५५ देशबाट यात्रा प्रतिबन्ध लगाएको छ । बुधबार सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न युरोपको सबै मुलुक र पश्चिम एसिया तथा खाडी मुलुकहरुबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएका हो ।

यही मार्च २० देखि अप्रिल १५ सम्म लागू हुने गरी युरोप, पश्चिम एसिया, खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया तथा जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई प्रतिबन्ध लगाइएको छ ।

बुधबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले यस सम्बन्धी सूचना विदेशस्थित कूटनीतिक नियोगहरुका साथै आवश्यक अन्य निकायहरु र आवश्यक अन्य निकायहरुमा प्रम्प्रेषण गर्ने निर्णय गरेको छ ।

यसै गरी कुनै यात्रुले नेपाल सरकारद्वारा जारी ट्राभल एडभाइजरीको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफैं उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने भएको छ ।

हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने निर्णय गरेको छ । यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्रालयले गर्नेछ ।

यात्रा प्रतिबन्ध लागेका बखत नेपालमा रहेका विदेशीहरु आफ्नो मुलुक फिर्ता जान नसक्ने भएकाले उनीहरुको भिसा अवधि नियमित गर्न निर्धारित भिसा अवधिभित्र आवेदन गरेमा प्रचलित कानुन बमोजिम भिसा नियति गरिदिने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.