राजनीति

नयाँ सरकार बनाउन दलहरुको आआफ्नै अडान, दिक्षितको नजरमा महन्थ उत्तम पात्र

विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दोहोयौएका छन् । बुधबार आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुईथरी धारणा रहेको उहाँको भनाइ छ ।

नेकपा (एमाले) का नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग भएपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गर्नुभ्यो ।

नागरिक समाजका अगुवा डा सुन्दरमणि दिक्षितले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीका लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर हुने बताउनुभयो । दलका नेताको झै–झगडामा कारण देश समस्यामा परेको उहाँको भनाइ छ ।

दिक्षितले भन्नुभयो महन्थजी कांग्रेसबाट आएका हुन् । उनमा भ्रष्टाचारको दाग छैन् । भारतको नरसिंह रावजस्तै हुन् । सबैलाई मिलाएर लैजाने व्यक्ति हो । प्रधानमन्त्री बन्ने होडबाजी पनि छैन् । संसदको झैझगडा हुँदैन् । कांग्रेसले पनि यो कुरा मानिदियो भने, ओलीजीले पनि मानिदिए भने राम्रो हुन्छ । जसपामा उपेन्द्र यादव, राजन्द्र महतो पनि छन् । तर, मुलुकको लागि उपेन्द्र र राजेन्द्र भन्दा ठाकुर नै उपयुक्त हुन्छ ।

अगर ओलीले मत पाउन सक्नुभएन भने, कांग्रेस यता लाग्नुहुँदैन् । ठाकुरले सबै दलललाई मिलाएर सरकार बनाउनुपर्छ । चुनावी सरकार हुन्छ । सर्वदलीय सरकार बनाउनुपर्छ । मैले त यही निकास देखेको छु ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.