जापान

निगाता परमाणु केन्द्रको आतंकवाद प्रतिरोधी उपायमा गम्भीर त्रुटी

जापानको परमाणु नियमन निकायले निगाता प्रान्तको काशिवाजाकी कारिवा परमाणु केन्द्रको सुरक्षा जाँचका क्रममा आतंकवादी प्रतिरोधी उपायमा सर्वाधिक त्रुटी रहेको पाएको छ । सो केन्द्रको संचालक टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले गत जनवरीमा परमाणु नियमन प्राधिकरण (एनआरए)को आतंकवादी घुसपैठको सूचना दिने एक उपकरण त्यहाँका कर्मचारीको असावधानीका कारण गतिग्रस्त भएको थियो ।

गत मंगलबार एनआरएको एक गोप्य बैठकले परमाणु केन्द्रको परीक्षणपश्चात सुरक्षा त्रुटी भएको खुलासा गरेको हो । परीक्षणमा अघिल्लो वर्ष मार्चदेखि नै सूचना दिने उपकरणहरु क्षतिग्रस्त रहेको र अहिलेसम्म परमाणु केन्द्र असुरक्षित रहेको छ ।

एनएचकेका अनुसार एनआरएले सुरक्षा चुनौति थपिए पनि सुरक्षाका लागि कुनै कदम नचालेको पनि खुलासा गरेको छ । सुरक्षा त्रुटीमाथि एनआरएले आफनो प्रारम्भिक मूल्यांकनमा परमाणु सामग्रीको सुरक्षामा चार तहको सुरक्षा संयन्त्रमा सबैभन्दा ठूलो गल्ती थियो ।

परमाणु सुरक्षामा देखिएको गम्भीर त्रुटीका लागि के कस्तो कारबाही गर्ने भन्ने विषयमा एनआरएले अन्तिम मूल्यांकनपछि निर्धारण गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.