जापान

फ्रि डेलिभरी सहित सस्तो मूल्यमा नेपाली खाध्य सामाग्री जापानमा पहिलो पटक अनलाईन “आशा बजारमा”

एप्स डाउनलोड गरी स्वदेशी खानेकुराहरु घरसम्म डेलिभरी पाउनुहोस

तपाईको भान्छामा स्वादिलो खानाको चाहना पूरा गर्ने उदेश्यका साथ आशा बजार ग्रुपले मोबाइल एप मार्फत अनलाइन हलालफुड सेवा सुरु गरेको छ ।यस एप्स मार्फत दक्षिण एसिया राष्ट्रका नागरिकले दैनिक उपभोग गर्ने सामानहरु लगायत विभिन्न मर-मसालाहरु घरसम्म डेलिभरी गर्ने जनाएको छ, यस मोबाइल एप्समा स्वदेशमा पाउने सम्पूर्ण ब्रान्डहरूका सामानहरू ग्राहकले किन्न सक्नेछन ।

आशा बजार एउटा अनलाइन हलालको कन्सेप्टमा सुचारु गरिएको हो, जस मार्फत घरमै बसेर मोबाइल मार्फत नै वाइवाइ चाउचाउ, आमाको अचार, डल्ले खुर्सानीको अचार, बासमती चामल, दाल, ज्ञान चक्की आँटा, मासुको मसाला जस्ता प्रसिद्ध नेपाली उत्पादनहरू अर्डर गर्न सकिने छ ।

हाल कन्साई,चुबु, तोहोकु र कान्तो क्षेत्रमा मात्र सेवा प्रदान गर्दै आइरहेको उक्त बजारले भविष्यमा ग्राहकको चाहनालाई पुरा गर्न नेपाल, इन्डिया,पाकिस्तान, बंगलादेश,अफगानिस्तान श्रीलंका,भुटान लगायत देशका खानाका अन्य विभिन्न उत्पादनहरू पनि मोबाइल एप्समा थप गर्ने कम्पनीले जनाएको छ ।

मार्केटप्लेस मोडेल अपनाउने

आशा बजारले विभिन्न पसलहरूबाट सामानहरु थपगरी जापानभरी आफ्नो सेवा विस्तार गर्ने योजना पनि बनाएको छ । मार्केटप्लेस मोडेल मार्फत, आशा बजारले जापानमा रहेका बिक्रेता र खरिदकर्ताहरूलाई जोड्ने प्लेटफर्म र प्रविधि प्रदान गरेको छ । हलाल पसलहरूले यस एप्स मार्फत आफ्नो ग्राहकको पहुँच विस्तार गर्न सक्छन् र सीमित क्षेत्रमा डेलिभर गर्नुको सट्टा, आशा बजार एप मार्फत जापानका प्रमुख क्षेत्रहरूमा आफ्नो पहुँच विस्तार गर्न सक्छन ।

आशा बजारमा पसल र ग्राहक दुवैका लागि सुरक्षित र झन्झटमुक्त कारोबार विधि प्रयोग गरिएको छ। यसले क्रेडिट कार्ड र कम्बिनी मार्फत भुक्तानी जस्ता विकल्पहरू प्रदान गर्दछ र भविष्यमा अन्य डिजिटल भुक्तानीका माध्यमहरु समावेश हुनेछन् । प्रमाणित र सुरक्षित रूपमा वित्तीय लेनदेनहरू भएको हुनाले भुक्तानी गर्न धेरै सरल हुनेछ कम्पनीले दाबी गरेको छ ।

डेलिभेरी फ्री क्याम्पियन

कम्पनीले पच्चीस सय येन भन्दा माथीको खरिदमा डेलिभारी निशुल्क योजना मार्च महिना सम्म निरन्तर रहने जनाएको छ । साथै आशा बजारले नयाँ अभियान र अफरहरू निरन्तर ल्याईरहनेछ । आकर्षक अफर, अभियानहरूसँगै आशा बजार एपको प्रयोगलाई सरल गर्न निरन्तर परिस्कृत गर्दै लगिने कम्पनिले जनाएको छ ।

अब सजिलै घरघरमा डेलिभेरी

मोबाइल एपको उद्घाटन क्रममा बोल्दै श्री सातोहिको कारुबेले भने, “हामी हाम्रा प्रयोगकर्ताहरूलाई आशा बजार मोबाइल एप मार्फत नेपाली लगायत सम्पूर्णमा र दक्षिण एसियाली खानाको आनन्द लिने अवसर प्रदान गर्न पाउँदा निकै खुसी छौं।”

नेपालीहरू जापानभरि छरिएका छन्, र दक्षिण एसियाली समुदायले खोजेको गुणस्तरीय खाना, विशेषगरी हलाल पसलहरुमा सधै उपलब्ध हुँदैन। यस समस्यालाई समाधान गर्न हामीले यस एप मार्फत सजिलो सँग गुणस्तरीय सामानहरु सुरक्षित भुक्तानीका साथ घर सम्म डेलिभरि गर्छौ ।आशा बजारले वस्तुहरूको गुणस्तर सुनिश्चित गर्नका साथ सूचना प्रदान गर्ने,इमेल मार्फत जानकारी दिने गरेको छ तथा प्रारम्भिक अवधिमा होम डेलिभरि निःशुल्क रहनेछ र सामानहरुको मूल्य हलाल पसल भन्दा धेरै सस्तो हुनेछ।”

आशिष मानन्धरका अनुसार आशा बजारले नेपाल-जापान सम्बन्ध लाइ प्रगाढ बनाउन र नेपाली र दक्षिण एसियाली खाना उत्पादन गर्ने साना उद्यमीहरूलाई यस बजार मार्फत आफ्ना उत्पादनहरू बेच्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ।” यसले पसलहरूलाई सामाजिक सञ्जाल भन्दा बाहिर आफ्नो नेटवर्क विस्तार गर्न र ग्राहकहरू सम्म पुग्न मदत गर्दछ । आशा बजारले सबैलाई घरमै बसेर स्वदेसी स्वादको आनन्द लिने अवसर प्रदान गर्ने अपेक्षा गरेको जनाएको छ ।

एन्ड्रोइडआईओएस एप स्टोर दुवैबाट यो एप डाउनलोड गर्न सक्नुहुन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.