संयुक्त अरब इमिरेट्स (युएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ को दोस्रो खेलमा नेपाललाई युएईले जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएई ४६.३ ओभरमा १६८ रनमै अलआउट भएको हो ।
युएईलाई सस्तैमा समेट्ने क्रममा तीब्रगतिका बलर सोमपाल कामीले ४ विकेट लिन सफल भए । कामीले पावर प्ले भित्रै ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कामीले युएईका शीर्षक्रमका तीन ब्याटरलाई आउट गरे थिए ।
सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए भने करण केसीले ७.३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए ।
कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चिएर १ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागरले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।
प्रतिक्रिया राख्नुहोस्