राजनीति

ओली सरकार ढलेको सात महिनापछि नियुक्त पदाधिकारीको मुद्दामा सुनुवाई

केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर गठबन्धन सरकार बनेको सात महिना पूरा भैसकेपछि पूर्व सरकारका पालामा नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिटबिरुद्धको सुनुवाई बल्ल थालिएको छ ।

शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गर्नुभएको थियो । सो रिटलाई आज शुक्रबार हेर्दा हेर्दैमा राखिएको छ भने आगामी बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।

१७ भदौ २०७८ मा न्यायाधीश हरि फुयाँलले जारी गरेको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दाको सुनुवाइमा अवरोध भएको भन्दै अर्यालले त्यो अवरोध खुलाउन माग गर्नुभएको थियो ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले १७ भदौ २०७८ मा रेग्मीको रिट निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.