राजनीति

कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ । सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पुर्याइएको थियो ।

कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवि कुमारीको पूजा हुने, एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पु¥याउने परम्परा छ ।

सोही परम्पराअनुसार आज राष्ट्रपति निवास शीतल निवासमा कुमारी घरका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसमक्ष पहिलोपल्ट कुमारी घरको प्रसाद पु¥याएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.