विश्व समाचार

कोरोना संक्रमणको आशंका गरिएका युवकद्वारा अस्पताल भवनबाट हामफालेर आत्महत्या

भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक ३५ युवकले आत्महत्या गरेका छन् । संक्रमणको आशंकापछि राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ती युवकले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार, ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको थियो । नमूना संकलन गरेर परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआउँदै आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अस्पतालको आइसोलेसन वार्डमा राखिएका उनको परिचय खुलाइएको छैन । र, उनले किन यस्तो बाटो रोजे भन्ने पनि अस्पष्ट छ । यद्यपि, कोरोनाको तनावले ती बिरामीले यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.