जल/वातावरण
चितवनमा तयार भयो ७२ घण्टाभित्रै कोरोना विशेष अस्पताल (फोटोहरुसहित)
भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल लगभग पूर्णरुपमा तयार भएको छ । शुक्रबार बिहानदेखि नै संचालनमा ल्याइने तयारीका साथ काम थालिएको थियो ।
चैत्र ४ गते भरतपुर महानगरपालिकाको अगुवाइमा सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको थियो । बैठकले महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारीका लागि कार्यदलसमेत गठन गरेको थियो।
अस्पतालमा १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको हाई डिपेन्डेन्ट युनिट र ५० वटासामान्य श्यया ७२ घण्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको थियो ।
हेर्नुहोस् नेपालको पहिलो कोरोना उपचार विशष अस्पताल फोटोहरुमा