राजनीति

माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी छैन, ब्यूँतियो वाइसीएल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहिबार सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”, उहाँले भन्नुभयो । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जीत हुने बताउनुभयो । अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उहाँले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताउनुभयो ।

केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो, तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ ।”

यसै गरी नेकपा ९माओवादी केन्द्र०को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग नेपाल ९वाइसिएल० ले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी ब्युँताएपछि बसेको वाइसिएलको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसिएलका सचिव पुष्प ओलीले जानकारी दिनुभयो ।

सङ्गठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेलाअगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेला आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधि प्रदेश भेलाबाट चुनिएर आउने छन् । बैठकले राष्ट्रिय भेलाअगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.