राजनीति

महामन्त्री कोइरालाको दावी दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । शुक्रबार चितवनमा पत्रकारसँगको भेटमा उहाँले सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “माओवादी केन्द्र र मधेशवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।” अहिले कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उहाँको भनाइ थियो । माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “अहिले माओवादी केन्द्र सरकामा छ । उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्ने हेर्नुपर्छ । तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।”

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै उहाँले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.