राजनीति

"कसैलाई शक्तिमा पुर्याउनु हैन-काकाकुल जनतालाई पानी खुवाउनु अग्रगमन हो"

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले प्रतिनिधिसभाको शुक्रबारको अधिवेशनलाई सम्बोधनन गर्दै अग्रगमन र प्रतिगमनको परिभाषामाथि लामो व्याख्यानन दिनुभएको छ । परराष्ट्र मन्त्रालय र सरकारको काम कारबाहीका विषयमा मन्तव्य दिंदै उहाँले कसैलाई शक्तिमा स्थापित गर्नु नभएर काकाकुल काठमाडौंबासीलाई मेलम्चीको पानी ल्याउनु अग्रगमन भएको बताउनुभएको छ ।

उहाँले कोभिड १९ को महामारीमा नेपाली जनताले देखाएको धैर्य र सरकारको स्वास्थ्य सुरक्षा मापदण्डलाई गरेको पालनाले नेपालले यसबिरुद्धको लडाईमा अभूतपूर्व सफलता हात पारेको बताउँदैँ उहाँले विश्वका ६० देशको लहरमा कोभिड बिरुद्धको भ्याक्सिन लगाउन नेपाल सुरुबाटै सक्षम भएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले सरकारले अग्रगमनका लागि निरन्तर काम गरिरहेको बताउँदै तराईका बन्जर भूमिमा सिंचाई पुर्याएर हराभरा पार्नु अग्रगमन हो, न कि कोही व्यक्तिलाई शक्तिमा पुर्याउनु भन्दै जनताको जीवनरक्षा गर्न सरकारले जुन कदम चालेको छ त्यो मात्र अग्रगमन भएको बताउनुभयो ।

अधिवेनलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सर्वोच्च अदालतको संवैधानिक इजलाशबाट फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएपछि सरकार र सत्तारुढ पार्टीले यसलाई स्वीकार गर्दै यसलाई कार्यान्वयनमा लगिसकेको अवस्था छ र अहिलेको सदन यसैको निरन्तरता भएको पनि बताउनुभयो ।

सरकारले अहिलेका चालू समस्याहरुकाालागि ताजा जनादेश उपयुक्त हुन्छ र जनताको नयाँ अभिमत लिएर अघि बढ्दा नै उचित हुन्छ भन्ने लागे पनि सर्वोच्च अदालते त्यसलाई अस्वीकार गरिदिएपछि अब सरकार यही सदनबाटै राजनीतिक स्थायित्व खोज्नुपर्ने बाध्यात्मक स्थितिमा पुगेका छौं । प्रतिनिधिसभा पुनःस्थापनापछि जुन ढंगले अघि बढ्न खोजिएको छ त्यसले राम्रो संकेत गरेन ।

मन्त्री ज्ञवालीले सरकार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विषयमा गरेको फैसलाबाट आत्तिएको पनि छैन र खुसी पनि छैन । सम्मानित अदालतले गरेको फैसलाबाट लड्डु खाने वा निराशा व्यक्त गर्ने नभएर सरकार आफ्नो जिम्मेवारी पूरा गर्न अघि बढेको छ । सरकारले अदालतको आदेश अनुसार नै संसद अधिवेशन बोलाएको हो ।

एसिड आक्रमण, बलात्कार तथा यौनजन्य अपराधबिरुद्ध र आपतकालीन स्वास्थ्य उपाय अपनाउन जारी गरिएको अध्यादेश सरकारका लागि नभएर देश र जनताका लागि थिए । ती अध्यादेशमा सरकार टिकाउने वा जोगाउने विषय थिएन तर त्यसलाई पनि अघि बढ्न दिइएन । यसले राम्रो संकेत गरेको छैन ।

पुनःस्थापनापछि सदनमा जुन गतिविधि भए त्यसले राम्रो संकेत गरेन । संसदको पुनःस्थापनाको माग गर्नेहरु नै सदन वहिस्कारमा उत्रिए, दिवंगत सांसद र पूर्व सांसदहरुप्रति श्रद्धाञ्जली दिन समेत ४ वटा बैठक कुर्नुपर्यो । सरकारप्रतिको रीसले जनताका समस्या समाधानतर्फ उत्सुक भएनौं ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.