विद्युत प्राधिकरणको शेयर विक्रीको १० प्रतिशत विदेशमा बस्ने नेपालीका लागि
अमेरिका भ्रमणमा रहनुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले प्राधिकरणलले निष्काशन गर्ने शेयरमा १० प्रतिशत हिस्सा विदेशमा बस्ने नेपालीका लागि छुट्याइने बताउनुभएको छ ।
अमेरका भ्रमणमा रहेको घिसिङ्ग नेतृत्वको टोलीसँग अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली समुदायले अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिनुभएको हो ।
विश्व बैंकको उर्जा सम्बन्धी कार्यक्रमको बैठकमा सहभागी हुन नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरूसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले घिसिङ्ग र टोलीसँग अन्तरक्रिया कार्यकमको आयोजना गरेको हो ।
कार्यक्रमको आयोजना यस क्षेत्रका रहेका अमेरिकाकै पुराना संस्थाहरु मध्येहरु राष्ट्रिय स्तरका एएनए, एएनएस, एएसएनइनजिआर, एनआरएनए भर्जिनिया ,एएनएचएस, ग्रेटर तामाङ्ग समाज डिसी,डिसीएनएफसी, एनएसीसी (न्याक) लगायतहरु रहेका थिए ।
कुलमान घिसिङ्ग तथा उनको टोलीसँग बिशेष गरी नेपालको आर्थिक विकास निर्माण सम्बन्धी खास गरी ऊर्जाका क्षेत्रको सेरोफेरोमा समुदाय सदस्यहरुले अभिरुचीपूर्ण रुपमा जिज्ञाशा राखेका थिए । साथै उनले सबैको जिज्ञाशाको उत्तर दिएका थिए ।

कुलमानले सबै भन्दा पहिले बिद्युत प्राधिकरणका पूर्व कर्मचारीहरुको उपस्थिति रहेकोले आफ्नो मन्तब्य सुरु गर्दै आफ्नो सफलतामा उहाहरुको योगदान पनि रहेको भन्दै धन्यवाद दिए ।
उनले चिलिमे जलबिद्युतमा काम गर्दाको अनुभव सुनाए । उनले त्यहाँका जनतालाई सहभागिता गराउन उनले गरेको भूमिकाको साथै स्थानीयहरुलाई नै रोजगारीमा प्रत्यक्ष संलग्न लगायतको कारण उक्त परियोजना सफल भएको बताए । साथै उनले राम्रो मानिसलाई त्यहाँबाट सरुवा नगरियोस भन्दै १ महिना हड्ताल समेत गरेको छोटोमा वर्णन गरे ।
नेपालमा नाफामा चलेको प्राधिकरण हुनाले अब बिद्युत प्राधिकरणले शेयर वितरण गर्ने योजना तयारी भैरहेकोले १० प्रतिशत बिदेशमा बस्ने नेपालीहरुको लागि अर्थात् नेपालमा लगानी गरि रहेकाहरुलाई समेत छुट्याईने भएको उनले बताए ।
अहिले नेपालमा बिद्युत जडान गरे पछि ३० रुपैया तिर्नु पर्ने हुनाले मानिसहरु घरमा नभएता पनि बत्ती बलि रहने प्रसङ्गको चर्चा गरे । भारतलाई १५ अर्बको बिद्युत बेचेको जानकारी दिनुको साथै बंगलादेशलाई समेत आपूर्ति गर्ने लक्ष्य रहेको बताए ।
अन्तरक्रिया कार्यक्रमको शुभारम्भ एएनएसका अध्यक्ष सुजित अर्यालले गरेका थिए भने उनले आफ्नो संस्था तथा कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । अन्तरक्रिया कार्यक्रमको समन्वय एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले गरेका थिए भने उनले नै कार्यक्रम संचालन गरे ।
कार्यक्रममा बिद्युत प्राधिकरणका पूर्व कर्मचारी केशव बरालले हामी विदेश आएको भन्दै त्यस समयमा प्राधिकरण घाटा थियो तर कुलमान घिसिङ्गले नेतृत्व लिए पछि नाफामा भएकोमा प्रशंसा गरे ।
त्यसै गरी न्यूयोर्कमा सयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन् आउनु भएकी पूर्व राज्य मन्त्रि तथा बागमती प्रदेशकी सांसद राधिका तामाङ्गले कुलमान घिसिङ्गलाई चिलिमे बिद्युत आयोजनामा हुदै देखि चिनेको भन्दै उहा जस्तो योग्य ब्यक्तित्व र काम गर्ने मानिसलाई काम गर्ने वातावरण दिनु पर्ने भन्ने बिषयमा वकालत गरेको कुरा स्मरण गराइन ।
उनले २ पटक बागमती प्रदेश सदस्यमा निर्वाचित भएको भन्दै आशा गरे अनुसार नगर्न सकेता पनि रचनात्मक काम गरेको बताइन । साथै नेपाल सरकारको खर्च नभई आफ्नै खर्चले अमेरिका आएको स्पष्ट पारिन ।
साथै नेपाल सरकारका तर्फबाट सह सचिव बिदुर सुबेदी ,अमेरिकी प्रतिनिधि सभाका लागि भर्जिनिया जिल्ला १० क्षेत्रका नेपाली मूलका उम्मेदवार एड्रियन पोखरेल, चिकित्सक मदन उप्रेती ,एएसएनइनजिआरका सागर खड्का ९अभियन्ता०,मंगलमान महर्जन,नेपालबाट आएकी बिधार्थी नेता आरती लामा लगायतले छोटो मन्तब्य राखेका थिए ।
नेपाली इन्जिनियर्सको तर्फबाट मंगलमान महर्जन र सागर खड्काले सुझाव दिनुको साथै कसरी सम्पर्क गर्ने भन्ने जिज्ञाशा राखेका थिए । त्यस्तै चिकित्सक मदन उप्रेतीले आफ्नो पनि जल बिद्युत परियोजना नेपालमा रहेकोले नेपालमा काम गर्न सरल र कुनै अप्ठ्यारो नपर्ने भन्दै भएको कुलमानको प्रशंसा गरे ।
यसै गरी तामाङ्ग समाज डिसीका पूर्व अध्यक्ष उत्तर डोङ्गले धन्यवाद ज्ञापन गरेका थिए । धन्यबाद ज्ञापन अगाडी दर्शकहरुले जिज्ञाशा राखेका थिए भने कार्यकारी निर्देशक कुलमान घिसिङ्गले जवाफ दिएका थिए ।

त्यहाँ उपस्थित सबैलाई समय समयमा कार्यक्रम संचालक एएनएका अध्यक्ष खगेन्द्र अधिकारीएले यथास्थानमा परिचय तथा सम्मान गराएका थिए । कार्यक्रम संचालक स्वयम अधिकारी पनि नेपाल बिद्युत प्राधिकरणका पूर्व कर्मचारी पनि हुन् ।
अतिथि कुलमान घिसिङ्ग लगायत अन्य अतिथिहरुलाई नेपाली समुदायका क्रियाशील महिलाहरु ग्रेटर तामांग सोसाईटिका महा सचिव रोजी घिसिङ्ग तामाङ्ग, न्याककी सुनिता सुबेदी, एएनएचएसकी अध्यक्ष जानुका ओझाले खादा लगाई सम्मान गरेका थिए ।




प्रतिक्रिया राख्नुहोस्