जापान

यात्रा प्रतिबन्धले नेपाल फर्कन नपाएकालाई सहजै भिसा नवीकरण गरिदिने

जापान

जापान

नेपाल सरकारले आज (मार्च २०, २०२०) देखि जापान लगायतका ५५ मुलुकमा यात्रा प्रतिबन्ध लगाएपछि जापानमा रहेका नेपालीहरु जो भिसा अवधि सकिएकाहरुको जापान सरकारले सहज तरिकाले भिसा नवीकरणको व्यवस्था गरेको नेपाली दूताबास टोकियोले जानकारी दिएको छ । त्यसै गरी नेपालबाट जापान जाने तयारीमा रहेकाहरुका लागि पनि समय थप गरिएको छ ।

दूताबासले एक विज्ञप्त जारी गरी जापानमा रहेका तर भिसाा अवधि सकिएकाहरुका लागि त्यसै गरी नेपालबाट जापान अध्ययनका लाविग आयनृ चाहने विद्यार्थीहले सिओई प्राप्त गरिसकेको भए त्यसको अवधि ३ महिना बढाएर ६ महिनासम्मको बनाइएको सूचना जापान अध्यागमन एजेन्सीले जारी गरेको जानकारी गराउँदै यस विषयमा काठमाडौंस्थित जापानी दूताबासले पटकपटक सूचना जारी गरेको जानकारी गराइएको छ ।

दूताबासले युरोप, पश्चिम एसिया तथा खाडी क्षेत्रका सबै मुलकहरु तथा टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सिधा हवाई उडान भई आउने वा ती मुलुकहरुबाट ट्रान्जिट भई आउने र उल्लेखित मुलुकहरुबाट प्रथम यात्रा सुरु गरी जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुलाई २० मार्च २०२० को मध्इरातदेखि १२ अप्रिल २०२० मध्यरातसम्म नेपालमा आगमनमा प्रतिबन्ध लगाइएको जानकारी दिंदै जापानबासी नेपालीहरुले सोही अनुसार व्यवस्था गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.