एन आर एन न्युजजापान

जापानका अजिब गुरुङ (ओम)द्वारा एनआरएनए आईसीसी सचिव पदमा उम्मेदवारी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद्को (एनआरएनए आईसीसी) महाधिवेशनमा अजिब गुरुङ (ओम) सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि एनआरएन अभियानमा होमिएका गुरुङ, २००८ मा एनआरएनए जापानको कार्यसमितिको उपाध्यक्ष भएसगै परिचय बढेको थियो । गुरुङ सबैसग समुधुर सम्बन्ध राख्न सक्ने क्षमताका कारण नै ६ जान अध्यक्षका प्रत्यासीहरु हुँदै गर्दा पनि सर्वसम्बत रुपमा अध्यक्ष निर्वाचित हुन सफल भएका हुन ।

एनआरएन जापानको सफल कार्यकाल सम्पन्न गरिसकेका गुरुङले ३ पटक आईसीसीको पदमा बसी विभिन्न महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

हाल एनआरएनए आईसीसीको बिधान समितिको सहसंयोजकको जिम्मेवारीमा रहेर बिधानमा नयाँ आयमहरु थप्न गहन भूमिका खेलेको जानकारहरु बताउछन् ।

गुरुङले आफ्नो उम्मेद्धारी व्यक्तिगत स्वार्थभन्दा पनि आफ्नो अनुभवलाई सदुपयोग गर्दै गैरआवासीय नेपालीहरुको समुचित बिकासको लागि निरन्तरता सहित सस्थागत सुदृढिकारणका लागि आपनो उम्मेदवारी भएको दावी गरेका छन् ।

पर्वत जिल्लामा जन्मिएका गुरुङ स्याङजामा हुर्किएर हाल चितवनमा बसोवास गर्दै आएका गुरुङ बिगत लामो समयदेखि जापानमा स्थापित सफल रेष्टुरेण्ट र रेमिट्यान्स ब्यवसायी हुन् ।

जापानस्थित विभिन्न संस्थामा पनि महत्वपूर्ण ठाउँमा बसेर काम गरिसकेका गुरुङ हाल नेपाल आदिबासी जनजाति महासंघ जापानको सस्थापक अध्यक्ष एवं हाल सल्लाहकार हुन

गुरुङहरुको माउ सस्था तमुह्युल छोजधिं राष्ट्रिय परिषदका अन्तराष्ट्रियय सल्लाहकार, पर्बत समाज जापान अन्तरास्ट्रिय पर्बत समाजका सल्लाहकार, तमुधिं जापानका सरक्षक, एनआरएनए जापानका सरक्षक, चितवन समाज जापानका सल्लाहकार समेत रहेका गुरुङ गैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो ।

एनआरएनए बिगत लामो समयदखि नै यस सस्थाका जन्मपिता उपेन्द्र महतो, देवमान हिराचन, जिबा लामिछाने, शेष घले लगायत भबन भट्टसंग नजिक रहेर काम गरेका गुरुङ एनआरएनका बिभिन्न महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरिसकेका छन् ।

अन्य पदहरुमा जहाँ बसेर पनि काम गर्न सकिन्छ नि सचिवमा नै किन भन्ने प्रसंगमा उम्मेद्वार गुरुङले लामो समय सस्थामा बसेर काम गरेको अनुभबले एनआरएनए देखिएका समस्याहरु र यसका मूल्य मान्यताहरुलाई गहनरुपमा बुझेको हुँदा नीति निर्माण गर्ने तहमै बसेर काम गर्न चाहेको बताउँछन् ।

मुख्यतः हाल संस्थामा देखिएका बिकृति र विसंगतिहरुको संस्थागत सुधार, रोजगारीको लागि बाहिरिएका गैरआवासीय नेपालीहरुको हकअधिकार, नागरिकताको निरन्तरता, बिदेशमा सिकेका दक्ष जनशक्तिलाईलार्इ नेपालको सम्वृद्धिका लागि उपयोग गर्ने गुरुङको लक्ष्य रहेको बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.