एन आर एन न्युजजापान

एसिया क्षेत्रको उपसंयोजकमा ददिवलको उम्मेदवारी

यही मार्च २४ र २५ मा हुने गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी घोाणाको क्रम सुरु भएको छ । यसै क्रममा जापानबाट एसिया क्षेत्रको उप संयोजक पदमा ददिवल खड्काले उम्मेदवारी दिएका छन् ।

म्याग्दी जिल्लामा जन्मिएका खड्का तीन दशकभन्दा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका खड्का एनआरएनए आइसीसी सदस्य समेत रहेका छन । सफल व्यावसायी तथा बौद्धिक व्यक्तित्व खड्का एनआरएनए अभियानमा सहयोगी व्यक्तित्वको अभियानकर्ताका रूपमा समेत चिनिन्छन ।

खड्काले एनआरएनए भित्रको अपारदर्शी र आर्थिक अनियमिततालाई न्यूनिकरण गर्नसक्ने योजनासहित गैर आवासीय नेपाली संघ केन्द्रिय कार्यसमितिको २०२१(२०२३ कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय उप(संयोजक पदमा उम्मेदवारी दिएके बताएका छन् ।

जापानमा करिब तीन दशक लामो बसाई गरी सामाजिक कार्यमा आफुलाई परिचित बनाईसक्नु भएका खड्काले यसअघि एनआरएनए जापानको अध्यक्षमा दाबी गर्नु भई सहमतिको लागि उम्मेदवार फिर्ता गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.